फाल्गुनन्द गोल्डकपको एघारौैं संस्करण आजबाट, उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले करसाङ एफसी भारत सँग प्रतिस्पर्धा गर्ने
पाँचथर । फाल्गुनन्द गोल्डकपको एघारौैं संस्करण आजबाट सुरु हुँदैछ । कोरोना महामारीका र खेलमैदानका कारण ६ वर्षसम्म नभएको फाल्गुनन्द गोल्डकप प्रतियोगिता १५ गते सम्म चल्ने छ ।
पाँचथरको मैदानमा पहिलो पटक ४ वटा ए डिभिजनका क्लबहरुले प्रतिस्पर्धा गर्दै छन् । ६ वर्ष पछि हुन लागेको प्रतियोगिता फिदिम माविको खेलमैदानमा हुनेछ । पुस ६ गते हुने ११ औँ संस्करणको उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी, मच्छिन्द्र एफसी काठमाडौँ र झापा ११ फुटबल क्लबले दोस्रो खेल खेल्नेछन् ।
त्रिभुवन आर्मी एफसी र सुनसरीको न्यू स्टार क्लब बाइ पाएर सोझै क्वाटरफाइनलमा स्थान बनाएका छन् । पहिलो खेलको विजेताले आर्मी र दोस्रो खेलको विजेताले न्यू स्टारसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी, चर्च ब्वाइज युनाइटेडले विराटनगर सिटी एफसीसँग र एनआरटी काठमाडौँले सलहेश युवा क्लब सिरहासँग अन्तिम क्वाटरफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ ।
खेलको विजेताले नगद १० लाख ५५५ रुपैयाँ पाउने छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ताले नगद १५ हजार पाउनेछ । यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयीमान खेलाडीले समान १० हजार प्राप्त गर्नेछन् ।
नेपाल प्रिमियर लिगको उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै
पाँचथर । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।
नेपाल प्रिमियर लिग क्रिकेटमा आज प्लेअफका दुई वटा खेल हुँदै
पाँचथर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज प्लेअफका दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे तेस्रो
एनपीएल: आज पोखरा र विराटनगर तथा जनकपुर र काठमाण्डौ खेल्दै
पाँचथर । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग ९एनपिएल०मा आज दुई खेल हुँदैछन् । पहिलो खेल पोखरा एभेन्जर्स





प्रतिकृया दिनुहोस