नेपाल प्रिमियर लिग क्रिकेटमा आज प्लेअफका दुई वटा खेल हुँदै

पाँचथर ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज प्लेअफका दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्स खेल्नेछन्  यो एलिमिनेटरको पहिलो खेल  हो । यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ ।

यस्तै आजको दोस्रो खेल दिउँसो १ बजे शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबीच हुनेछ । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले प्लेअफको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।

दोस्रो क्वालिफायर खेल भोलि दिउँसो १२ बजे हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ । 

प्रतिकृया दिनुहोस

फाल्गुनन्द गोल्डकपको एघारौैं संस्करण आजबाट, उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले करसाङ एफसी भारत सँग प्रतिस्पर्धा गर्ने

पाँचथर । फाल्गुनन्द गोल्डकपको एघारौैं संस्करण आजबाट सुरु हुँदैछ । कोरोना महामारीका र खेलमैदानका कारण ६ वर्षसम्म नभएको फाल्गुनन्द गोल्डकप

नेपाल प्रिमियर लिगको उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै

पाँचथर । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।

एनपीएल: आज पोखरा र विराटनगर तथा जनकपुर र काठमाण्डौ खेल्दै

पाँचथर । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग ९एनपिएल०मा आज दुई खेल हुँदैछन् ।  पहिलो खेल पोखरा एभेन्जर्स