पाँचथर प्रहरी प्रदेशमै उत्कृष्ट
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक र मातहत कार्यालय प्रमुख बिच आर्थिक बर्ष २०८१/०८२ को लागि बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार एक आर्थिक बर्षको कार्य प्रगति विवरण समिक्षा कार्यक्रम सम्पन्न भएको छ । समिक्षामा जिल्ला प्रहरी कार्यालय पाँचथर कार्य सम्पादन सम्झौता बमोजिम कार्य गर्नेमा उत्कृष्ट जिल्ला प्रहरी भएको छ । साउन ७ गते प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमद्धारा भएको वर्षिक कार्य सम्पादन प्रगति विवरण समिक्षा कार्यक्रममा प्रदेश अन्तरगतका प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो कार्यालयले श्रावण महिना देखि असार मसान्त सम्ममा सम्पादन गरेका कार्यहरुको प्रगति बिवरण प्रदेश प्रहरी प्रमुख समक्ष प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यसम्पादन सम्झौता बमोजिम मातहत कार्यालयहरूबाट प्राप्त तथ्याङ्कको आधारमा विश्लेषण गर्दा जिल्ला प्रहरी कार्यालय पाँचथरले शतप्रतिशत लक्ष्य हासिल गरेको हुँदा सर्वोत्कृष्ट जिल्लाको रुपमा घोषणा गरिएको छ । प्रदेश प्रहरी प्रमुखले उत्कृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीलाई हार्दिक बधाई सहित आगामि दिनमा समेत प्रशंसनीय कार्यको निरन्तरताका लागि शुभकामना दिनु हुदै प्रशंसा- पत्र प्रदान गर्नु भएको छ । कार्य सम्पादन सम्झौता अनुसार आफ्नो लक्ष्य अनुसार पुरा गर्नु पर्ने कार्यहरुमा गम्भिरतापूर्वक लागि पर्न तथा थप रचनात्मक कार्यहरुका साथ आम नागरिकको सेवामा २४ सै घण्टा तल्लिन रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो भने उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
HAcked By TEAM BD DARK FOREF
We strongly condemn the killing of innocent students in Nepal and stand with the people in their fight for
नेपाल विद्यार्थी संघ पाँचथरद्दारा समिति विस्तार
नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पाँचथरले समिति विस्तार गरेको छ । १४ जना पदाधिकारी थप गर्दै संघले ४५ सदसीय समिति तयार पारेको हो । संगठनलाई थप
गाडी चालक अनुमतिपत्र प्रणालीमा समस्या, अर्को सूचना नआएसम्मका लागि सबै सेवा बन्द
काठमाण्डाै – गाडी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि सबै सेवा बन्द भएको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर सवारी चालक अनुमतिपत्र




प्रतिकृया दिनुहोस