असभ्यताका भेलहरुले सभ्यताको बाँध टुट्नु हुँदैन.....
असभ्यताका भेलहरुले
सभ्यताका बाँध टुट्नु हुँदैन मित्र
विरोधका स्वरहरुले
विधिको स्वर मिच्नु हुँदैन मित्र
आभावको भुँमरीमा पनि
सद्भावको कर्म भुल्नु हुँदैन मित्र !!
बुद्ध जन्मिएको त्यो युगमा पनि
सबै असल थिएनन
यो त झन वैश्य युग हो मित्र
यहाँ त मित्रता गाँस्दा पनि
मन तौलिएर गाँस्नु पर्छ !!
इतिहास दुत्कार्नेहरुको
भविष्य कहिँ उज्यालो छैन
मझेरी खनेर आँगन पुर्नेहरुको
विद्वता कहिँ स्विकार्य छैन
त्यसैले असभ्यताका भेलहरुमा
सभ्यताका बाँध टुट्न दिनु हुँदैन मित्र
मझेरी खनेर आँगनी पुर्नु हुँदैन मित्र !!
एउटा असजिलो आदत – मुनराज शेर्मा
एउटा असजिलो आदत म त दुखको महाजङ्गलबाट उठि आएको हो साथी म कुनै सुखको बाँसुरिको धुन होइन जो रिदममा शब्दहरु गीत बनेर बजोस् मलाई तिम्रो साथको धुन नबज्दा
ऐतराज केरुङ स्मृति गजल पुरस्कार बन्जारालाई
यसवर्षको स्व. ऐतराज केरुङ स्मृति गजल पुरस्कार यसपटक झापाका स्रष्टा लोकेन्द्र बन्जाराले पाएका छन् । मोती जयन्तीको अवसर पारेर पाँचथर गजल मञ्चमार्फत
बाँचौला प्रेमको गीत गाएर–मुनाराज शेर्मा (कविता)
घामको धागोले बुनौँला हाम्रो प्रितिको बैँस बाँच्नेछ हाम्रो प्रेमको पृथ्वी कतै नउध्री सग्लो जुनिको मायालु सिउनिहरु जसमा जडौँला घामकै उज्यालो जो





प्रतिकृया दिनुहोस