एउटा असजिलो आदत – मुनराज शेर्मा

एउटा असजिलो आदत

म त दुखको महाजङ्गलबाट उठि आएको हो साथी
म कुनै सुखको बाँसुरिको धुन होइन
जो रिदममा शब्दहरु गीत बनेर बजोस्
मलाई तिम्रो साथको धुन नबज्दा दुख त अवस्य हुन्छ नै
तर त्यो दुखको समन एक आदत बनि  सकेको छ मलाई
आजकल पहाडको टुप्पाबाट उडेर छलिजाने पानीहाँसको बथान हेरेर
आदत बनाइ बस्छु

म त्यो त्यागको महाओडारबाट बिउँझेर आएको हुँ साथि
छोड्दै छोड्दै एकबार आफैलाई छोडेर हिड्नु पर्ने यो जुनि
हाम्रो क्षणिक मिलन आगोको एक भुल्को उज्यालो मानुङला म
त्यहाँ हाम्रो न्यानो मुहारमा कति लोभलाग्दो चमक थियो
पक्कै अरुले भुल्ने छैनन्
जसरी थुप्रै चिजहरु नभुल्ने लायक हुन्छन्

म त हाम्रो सम्बन्धको करेसाबारिमा तिम्रो नामको सेक्मुरी रोपेर
फर्की आएपछि अर्कैले बीस हालेछ आरिसको
पछि थाह भयो तिम्रो मनको शिर पश्चिमी हावाले बटारेर उल्टो फर्काएछ
बिप्ल्याँटो बिचारले गोडेपछि कहिले चलेन प्रेमको सुवास
तिम्रो मनमा
दशा चलिराको छ यो समयमा नाहेन उमृयो त्यसपछि
सब प्रेमहरु बैरिको हावाले बोकेर ओइलिझर्यो

म त एकफेर घुमेर आएँ हाम्रो यात्राको ती दिनहरु
कति स्वच्छ कति हार्दिक ती पलहरु
हजार प्रयासमा पनि भेटिन कुनै कपटहरु
आकाश जस्तै खुल्ला धरती जस्तै सहनशिल
नदिको किनारै किनार हिडेको सडक झैँ हाम्रो सपनाहरू
कसरी भनौं यहि टुङ्गियो यो वाचा यो वचन


म त शत्रुहरुको घेराबाट बाँच्दै आइपुगेको हुँ
निस्फिक्री निर्भिक कोमात्र छैन र
घेरिनु र फार्से बनाउँदै जानू
जिन्दगीकै एक मोह हुनसक्छ
कसरी घेर्न सकेको आफनैले आफ्नैलाई
भोगेर बाँच्नु नै छ आखिरी

म त अहिले एक्ले डाँडाको पाखामा छु
कति छिटै छोडेर फिरि गएछन आफन्ती मनहरु
जोडसित चलिराखेको छ छ्द्म हावा
निक्कै दुखाउँछ सम्झनाको दरवारलाई
हेर्छु हाम्रो मित्रताको बगैँचा फाँडन ऊ कति हतारमा छ


म त बगर बगर हिडेर आएको एक तिर्खा हुँ
थाह छ तिमि कति आनन्दले पिऊथ्यौ प्रेमको झर्ना
यसै तिर्खा रुँगेर बाँच्ने बानि छ मलाई
कसैको मित्रताको खडेरिमा जिउँने चाहना होइन
बाध्यता जीवन बन्छ सायद कसले सोच्न सक्छ
खडेरी पिएर बाँच्नु पनि एउटा सभ्यता बन्नसक्छ

म त अभावै अभावको खोँचबिच सम्भावना खोज्दै हिडेको मान्छे
त्यहीँ अचानक जोडियौँ  आफनै अभावहरुले
विचारको हाँगा पक्डेर उम्रेको हो हाम्रो साथ
मिलनको घाम जोडेर उभेको हो हाम्रो मित्रता
अर्को ब्रह्माण्डको खोजिमा तिमी लागेपछि छेलियो हाम्रो घाम
कति प्यारो थियो होइन यो क्षितिजको हाम्रो नामको घाम

कस्तो असजिलो आदत ठान्दो हो दुनियाँ
प्रेमबाट रुपान्तरित पत्थरको पनि सुगन्ध लिएर जिउँने

प्रतिकृया दिनुहोस

असभ्यताका भेलहरुले सभ्यताको बाँध टुट्नु हुँदैन.....

असभ्यताका भेलहरुले  सभ्यताका बाँध टुट्नु हुँदैन मित्र  विरोधका स्वरहरुले  विधिको स्वर मिच्नु हुँदैन मित्र आभावको भुँमरीमा पनि  सद्भावको

ऐतराज केरुङ स्मृति गजल पुरस्कार बन्जारालाई

यसवर्षको स्व. ऐतराज केरुङ स्मृति गजल पुरस्कार यसपटक झापाका स्रष्टा लोकेन्द्र बन्जाराले पाएका छन् । मोती जयन्तीको अवसर पारेर पाँचथर गजल मञ्चमार्फत

बाँचौला प्रेमको गीत गाएर–मुनाराज शेर्मा (कविता)

घामको धागोले बुनौँला हाम्रो प्रितिको बैँस बाँच्नेछ हाम्रो प्रेमको पृथ्वी कतै नउध्री सग्लो जुनिको मायालु सिउनिहरु जसमा जडौँला घामकै उज्यालो जो