बाँचौला प्रेमको गीत गाएर–मुनाराज शेर्मा (कविता)
घामको धागोले बुनौँला हाम्रो प्रितिको बैँस
बाँच्नेछ हाम्रो प्रेमको पृथ्वी कतै नउध्री सग्लो जुनिको मायालु सिउनिहरु
जसमा जडौँला घामकै उज्यालो
जो चम्किने छ हाम्रो प्रेमको उमेर शत्रुताको गल्लीमा छिरी गएपनि
जो अलमलिने छैन कुनै शदीको धमिलो विचारको दोछाँयामा पनि
खनौँला प्रेमको आँगन हाम्रै दुःखको माटोमाथि
रोपौँला सपनाको अमर वृक्ष पसिनाको थोपा थोपा सिएर
प्रेमको आयुमा बाँचौला प्रेमकै गीत गाउँला यो जुनि भरी
म भन्दिन नहुनु लोभी प्रेममा नगर्नु ईर्ष्या असलमा
संसारनै बन्यो लोभले सभ्यता नै बन्यो इर्ष्याले
गर्नु छ धेरै जलन असल निर्माणको प्रेममा
बनाउँला हाम्रो पिरतिको घर परिश्रमको फूल राखेर
ठडाउँला पहाडी शिर जस्तो मिलनको दोभान
जो छुट्टिजाने छैन समयको पृथ्वी भत्की गएपनि
जडौँला जिन्दगीमा सडकको उर्वर यात्रा
हामिले भोगेको अनुभवको खोंचै खोंच
दगुरिरहोस जिन्दगिलाई बोकेर प्रेमिल बेसींको फाँटसम्म
रोकिने छैन यो जिन्दगिको क्रिडा जस्तै उजाड पृथ्वीमा पनि
हुनुनै छ एक गन्तब्य प्रेमको अमरत्वको लागि
एकबार सिद्धि जाने यो चोला
एकबार छुट्टिजाने यो देह
बनाउँला अजम्बरी स्विकारेर हरेक असहमतिहरुलाई
रुपान्तरणको कसिमा ढालेर प्रेमको तरवारले
पानीको चिसोले उभिउँला पानीकै तरलताले बाँचौंला
यो जड जड विचारको पृथ्वीमा
फाटिलो मैदान भएर
समग्र मानवताको आगो उमारेर
उकालोहरु ओरालोहरु हिँडौंला मिलेर गाउँदै बकन्दि
सिउरेर जंगली फुल आत्माको देब्रे शिरैमा
हेरौंला सँगै चराको उडान मन थाकिन्जेलसम्म डाँडा काटिन्जेलसम्म
रमाउँला सानो प्राप्तिमा पनि जसरी अडिन्छ पुतली सानो फुलमा पनि
सुनेर रामाउँला खोंचबाट आएको झरनाको इश्वरिय सङ्गीत कान रहिन्जेलसम्म
भोगिन्जेल छ यो गाउँ औधी रमाइलो
मिलिन्जेल छ सम्बन्ध अतिसय सुन्दर
तर छुटिगए पछिपनि नहुने होइन यादहरु विछट्टै यादगार
भोग्नेछौँ सँगै यो जुनी हिड्नु परेपनि आगोमाथि
भाग्ने छैनौँ अलग्गिएर परेपनि समस्याको पहिरोमुनि
जुनको आशाले भरौँला अभावको दिनहरु
हेरेर पर्खौँला नयाँ पालुवाहरु विस्वासको नाङगो हाँगामा
खुशी फर्केर आउला जीवनको पहारामा अम्लारी फूङ झैँ
जसरी पर्खी बस्छ पानीलाई बगरमा पत्थरले अटल
हावाको जीवनले बनाउँला हाम्रो प्रेमको सास जो अमृत्यु छ
नदिको बेगले सजाउँला हाम्रो प्रेमको गति जो अथकित छ
माटोको उर्वरता थपौँला हाम्रो पृतको बस्तिमा जो असिमित हरियाली छ
यति घुम्ती र मोडहरु जोडौँला सृजनाको हाम्रो पृतको सहरमा जो काल नै विलम्ब होस्
मुन्धुमको सङ्गितले लय भरौँला प्रेमको बासना मगमगावोस्
सहुँला हजार भुलहरु जो सिकाउने छ जिन्दगीभर बाँच्नलाई क्षमामा
यहि भुमि सिगार्ने हो श्रमले चाँहिदैन स्वर्ग असली प्रेमलाई
चौबाटो यहि मन हो जहाँ जोडिन्छ्न् हजार सम्बन्धहरु
हरियो पात झैँ ताजा राख्ने हो सम्बन्धहरु जो यो प्रेमको वासन्ती गाउँ बनावोस्
भुली जानुछ जीवनको सबै सबै अपृय साँझहरु
छोडी जानुछ भविष्यको सबै सबै सुन्दर चिजहरु प्रेमले मोहोरेर
जगाई जानु छ सबै सबै उत्साहहरु प्रेमहरु इर्ष्याहरु लोभहरु सपनाहरु जीवनको बाटोमा अरुकै निम्ति
पोख्नु छ आँसुहरु यहि माटोमा फेरि उमार्नु दुखलाई
जसले मात्र सिगार्नेछ हाम्रो अनन्त सुखलाई
हेर त दुखको आँखाले
हामिले बाँचेको यो माटोलाई
कस्तो अनौठो प्रेम फुलिरहेको छ हरेक मानिसहरुको आत्मा भित्र
ईश्वर त्यही विराजमान छ
असभ्यताका भेलहरुले सभ्यताको बाँध टुट्नु हुँदैन.....
असभ्यताका भेलहरुले सभ्यताका बाँध टुट्नु हुँदैन मित्र विरोधका स्वरहरुले विधिको स्वर मिच्नु हुँदैन मित्र आभावको भुँमरीमा पनि सद्भावको
एउटा असजिलो आदत – मुनराज शेर्मा
एउटा असजिलो आदत म त दुखको महाजङ्गलबाट उठि आएको हो साथी म कुनै सुखको बाँसुरिको धुन होइन जो रिदममा शब्दहरु गीत बनेर बजोस् मलाई तिम्रो साथको धुन नबज्दा
ऐतराज केरुङ स्मृति गजल पुरस्कार बन्जारालाई
यसवर्षको स्व. ऐतराज केरुङ स्मृति गजल पुरस्कार यसपटक झापाका स्रष्टा लोकेन्द्र बन्जाराले पाएका छन् । मोती जयन्तीको अवसर पारेर पाँचथर गजल मञ्चमार्फत





प्रतिकृया दिनुहोस