सतर्कता बढाउँ
पाँचथर जिल्लाका स्थानीय तहले कोरोना भाइरसबाट बच्न सतर्कता थालेका छन । आठ स्थानीय तह रहेको पाँचथरमा सार्वजानीक सूचना सहितका कार्य बढाएका छन ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सावधानी अपनाउन स्थानीय सरकारले आआफनो तवरबाट तयारी थालेका छन । बिश्वभर समस्या बन्दै रहेको कोरोना बिरुद्ध स्थानीय स्रोत साधनको प्रयोग गर्दै सुरक्षित रहन कदमहरु सुरु भएका छन ।
जिल्लाको मुख्य प्रवेशद्धार राँके बजारमा हेल्प डेक्स सहित १० शैयाको तयारी गरिएको छ । रेडक्रसको स्थानीय भवनमा बेड तयारी गर्ने निर्णय भएको छ ।
फिदिम बजारमा रहेको जिल्ला अस्पताल, पाथिभरा हस्पिटल र समर्पित हस्पिटलमा पनि त्यस्तो तयारी गरिएको छ ।
जिल्लाको सदरमुकाम समेत रहेको फिदिम बजार जिल्लाकै धेरै नागरिकको उपस्थिति भएको क्षेत्र भएका कारण यहाँ थप सतर्कताको जरुरत पर्छ । फिदिम नगरपालिका सहितका निकायले जिल्ला अस्पताल सहितका स्वास्थ्य संस्थामा क्वारेन्टाइन स्थापना गर्ने सहितका तयारी छ ।
तुम्बेवा गाउँपालिका प्रवेश गर्ने प्रत्येक नाकामा स्वास्थ्य परिक्षणका लागि डेक्स स्थापना गरिएको छ । तत्काल सहायता टोली (क्युआरटी) समेत गठन गरिएको छ । गाउँपाकिलाका सबै निकायमा बिद्युतिय हाँजिरी बन्द गरिएको छ ।
कुम्मायक गाउँपालिकाले कोरोना संक्रमणका कारण चैत्र ११ का लागि तय गरिएको गाउँ सभा स्थगन गरेको छ । गाउँपालिका क्षेत्रमा तत्काल कार्य गर्नेगरी तत्काल सहायता टोली (क्युआरटी) समेत गठन गरिएको छ । गाउँपालिकाले नागरिकको सचेतनाका लागि फ्लाक्स प्रिण्टमा समेत सन्देशमुलक सामग्री बितरण गरिरहेको छ । याङवरक गाउँपालिका वडा नम्बर १ च्याङथापुमा हेल्प डेक्स स्थापना गरिएको छ । हालसम्म ६० भन्दा बढीले त्यहाँबाट सेवा लिइसकेका छन । सिमा क्षेत्र भएकाले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकका लागि लक्ष्यीत गर्दै त्यस्तो ब्यवस्था गरिएको हो ।
यी जिल्लामा भएका सुरक्षा सचर्कताका उदाहरण हुन । हामीले गर्ने तयारी यतिमै पुर्ण छैनन । हुँदैनन । पुर्ण सतर्कता बिना हामी सुरक्षित रहन सक्ने अवस्था छैन । त्यसैले सतर्कताको तिब्रता बढाउन जरुरी छ ।
एउटा नयाँ गन्तब्य
पाँचथरको सदरमुकाम फिदिम घुम्नेहरुका लागि नयाँ गन्तब्य तयार भएको छ । सदरमुकाम फिदिम बजारदेखि नौ किलोमिटरको छोटो दुरीमा रहेको मनमोहक ठाउँ । शितल र
सम्पादकीय: ‘पत्रु खाना’ किन ?
दिवा खाजा लागु गरिएका पाँचथरका अधिकांस बिद्यालयमा स्वास्थ्यलाई हानी हुने खाना खुवाइन्छ । पाँचथरको तुम्बेवा गाउँपालिकाले चालु आर्थिक बर्षका लागि
सम्पादकीय: आधुनिक कृषि प्रणाली ब्यवस्थित गरौ
कष्टकर श्रम गरेर गरिने काम भन्दा मेसिनको प्रयोगबाट हुने सोही कामलाई सहज तवरबाट गर्ने प्रणाली आधुनिक प्रणाली हो । त्यसलाई कृषि क्षेत्रमा अवलम्बन





प्रतिकृया दिनुहोस