सम्पादकीय: ‘पत्रु खाना’ किन ?
दिवा खाजा लागु गरिएका पाँचथरका अधिकांस बिद्यालयमा स्वास्थ्यलाई हानी हुने खाना खुवाइन्छ । पाँचथरको तुम्बेवा गाउँपालिकाले चालु आर्थिक बर्षका लागि १५ लाख रुपैँया बिद्यार्थीहरुको दिवा खाजाका लागि खर्च गर्दैछ । गाउँपालिकाले बिद्यालयको खातामा रकम जम्मा गरिदिने र बिद्यालयले आवस्यकता अनुसार बिद्यार्थीलाई दिवा खाजा प्रदान गर्ने गरेको छ ।
गाउँपालिकाले दिवा खाजा लागु गर्नु पुर्व बिद्यालयका प्रधानाध्यापक र ब्यवस्थापन समितिलाई खाजाको गुणस्तरका बिषयमा जानकारी गएको थियो । तर बिद्यालयले बजेट लगेर पोषण युक्त खाजा भन्दा पनि पत्रु खाना (जंग फुड) नै खुवाँउँदै आएको छ । चाउचाउ, बिस्कुट, दालमोड सहितका पत्रु खाना बिद्यार्थीका लागि स्थानीय सरकारले उपलब्ध गराएको खाजा हो ।
गाउँपालिकाका ३८ बिद्यालयका कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाले त्यस्तो खाजा पाउँछन । उनीहरुका लागि दैनिक १५ रुपैँया छुट्याइएको हुन्छ ।
यता हिलिहाङ गाउँपालिकाले पनि बिद्यालय खाजा कार्यक्रम भनेर बालबिकास केन्द्र र सामुदायीक बिद्यालय गरेर एक सय ८ बिद्यालयलाई पैसा दिन्छ । यो आर्थिक बर्षमा मात्रै करिव ३२ लाख रुपैँया खाजा कार्यक्रमका लागि खर्च हुँदैछ । त्यहाँ पनि गुणस्तरिय खाजाको उपलब्धता उस्तै छ । पोषणयुक्त खाजा भन्दा पनि पत्रु खानाको प्रयोग भइरहेको छ । हिलिहाङ गाउँपालिकामा वडा मार्फत बिद्यालयलाई खाजाका लागि रकम निकासा हुने गरेको छ ।
याङवरक गाउँपालिकाले पनि खाजा कार्यक्रम चलाएको छ । गाउँपाकिलाका ३५ बिद्यालयमा त्यस्तो कार्यक्रम छ । त्यहाँ पनि पत्रु खानाको प्रयोग हुँदै आएको छ । गाउँपालिकाले बिद्यालय मार्फत खाजा कार्यक्रम चलाई राखेको छ ।
यता फिदिम नगरपालिकाको एउटा बिद्यालयमा त्यस्तो कार्यक्रम छ । बिद्यालय सुधार कार्यक्रम अन्तरगत प्रदान गरिएको २ लाख ८६ हजार रुपैँया बिद्यालयले बिपन्न परिवारका छात्रछात्रा अध्यापन गर्ने बिद्यालय भन्दै खाजाको रुपमा प्रयोग गर्दैआएको छ ।
स्थानीय उत्पादनमा पोषणयुक्त खानाको प्रबन्ध गर्न सकिने अवस्थामा पनि किन जंग फुड प्रयोग हुन्छ त्यो मुख्य बिषय हो ।
सतर्कता बढाउँ
पाँचथर जिल्लाका स्थानीय तहले कोरोना भाइरसबाट बच्न सतर्कता थालेका छन । आठ स्थानीय तह रहेको पाँचथरमा सार्वजानीक सूचना सहितका कार्य बढाएका छन
एउटा नयाँ गन्तब्य
पाँचथरको सदरमुकाम फिदिम घुम्नेहरुका लागि नयाँ गन्तब्य तयार भएको छ । सदरमुकाम फिदिम बजारदेखि नौ किलोमिटरको छोटो दुरीमा रहेको मनमोहक ठाउँ । शितल र
सम्पादकीय: आधुनिक कृषि प्रणाली ब्यवस्थित गरौ
कष्टकर श्रम गरेर गरिने काम भन्दा मेसिनको प्रयोगबाट हुने सोही कामलाई सहज तवरबाट गर्ने प्रणाली आधुनिक प्रणाली हो । त्यसलाई कृषि क्षेत्रमा अवलम्बन





प्रतिकृया दिनुहोस