एउटा नयाँ गन्तब्य
पाँचथरको सदरमुकाम फिदिम घुम्नेहरुका लागि नयाँ गन्तब्य तयार भएको छ । सदरमुकाम फिदिम बजारदेखि नौ किलोमिटरको छोटो दुरीमा रहेको मनमोहक ठाउँ । शितल र स्वच्छ हावाको स्पर्श । दृष्यावलोकन गर्नुको आनन्द । रिफ्रेस हुन, रम्न–रमाउनलाई नजिकैको उपयुक्त स्थान । यीनै बिशेषताका कारण रमिते भ्यू टावरमा दिनहुँ आन्तरिक पर्यटकको घुइचो लाग्छ ।
फिदिम नपा–२, को रमिते डाँडामा छ– रमिते भ्यू टावर । भर्खरै निर्माण सम्पन्न भएको हो टावरको । नयाँ सहर आयोजनाको तीन करोड नौ लाख लागतमा बनेको हो दुई तले सानो, चिटिक्कको भ्यू टावर । नामै काफि छ– रमिते । दृष्यावलोकनका लागि उपयुक्त ठाउँ । टावरबाट देखिन्छ– वरिपरि डाँडाकाडाले घेरिएको, बीचको समतल भू–भागमा बसेको, एककिसिमले मिनी उपत्यकाको झल्को दिने पाँचथर सदरमुकाम फिदिम बजारको सुन्दर दृष्य । सँगै देखिन्छ छिमेकी जिल्ला तेह्रथुम सदरमुकाम म्याङलुङ बजार र ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार । ‘एकै स्थानबाट तीन जिल्लाको सदरमुकाम नियाल्न सकिने सम्भवतः यो नेपालकै एकमात्र स्थान हुनसक्छ’ फिदिम–२, का वडाअध्यक्ष सुकपाल तुम्बापोले भने ।
पाँचथर, तेह्रथुम र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानको दृष्यावलोकन गर्न सकिन्छ– रमिते भ्यू टावरबाट । टावरबाट देखिने हिमालको दृष्यले धेरैको मन लोभ्याउछ । विश्वको सर्बोच्च शिखर सगरमाथा, कञ्चनजंघा, कुम्भकर्ण, मकालु लगायतका हिमश्रृङ्खला हेर्न सकिन्छ । ‘एकैछिनमा पुगिने, गज्जबले रिफ्रेस भइने, निकै रमाइलो ठाउँ छ यो ।रमितेलाई अब्बल पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न भ्यू टावर निर्माण गरिएको हो । छ रोपनी क्षेत्रफलमा फैलिएको भ्यू टावर परिषरमा चमेनागृह, ग्यालरी हाउस, बगैंचा, हावाघर, पोखरी र बगैंचा लगायत निर्माण गरिएका छन् । भ्यू टावर निर्माणका लागि बुद्धराज लिम्बू, धनबहादुर राई र रामबहादुर तुम्बापोले जग्गा उपलब्ध गराएका हुन् । भ्यू टावरदेखि ललीखर्क सामुदायीक होमस्टे क्षेत्र हुँदै राष्ट्रिय विभूति फाल्गुनन्दको कर्मभूमि लब्रेकुटि जोड्ने सिढिमार्गको निर्माणकार्य थालिएको छ । भ्यू टावरदेखि सदरमुकाम फिदिम बजार जोड्ने सिढिमार्ग पनि निर्माण गरिने फिदिम नगरपालिकाले जनाएको छ ।
नयाँ गन्तब्यले पर्यटकलाई अवस्य त्यो ठाउँमा पुर्याउनेछ । सुरुवातमा जुन उत्साहका साथ यो क्षेत्रको चर्चा भइरहेको छ त्यो टिकाउन पक्कै पनि स्थानीय सरकारलाई चुनौती छ । त्यस तर्फ ध्यान दिन जरुरी छ ।
सतर्कता बढाउँ
पाँचथर जिल्लाका स्थानीय तहले कोरोना भाइरसबाट बच्न सतर्कता थालेका छन । आठ स्थानीय तह रहेको पाँचथरमा सार्वजानीक सूचना सहितका कार्य बढाएका छन
सम्पादकीय: ‘पत्रु खाना’ किन ?
दिवा खाजा लागु गरिएका पाँचथरका अधिकांस बिद्यालयमा स्वास्थ्यलाई हानी हुने खाना खुवाइन्छ । पाँचथरको तुम्बेवा गाउँपालिकाले चालु आर्थिक बर्षका लागि
सम्पादकीय: आधुनिक कृषि प्रणाली ब्यवस्थित गरौ
कष्टकर श्रम गरेर गरिने काम भन्दा मेसिनको प्रयोगबाट हुने सोही कामलाई सहज तवरबाट गर्ने प्रणाली आधुनिक प्रणाली हो । त्यसलाई कृषि क्षेत्रमा अवलम्बन





प्रतिकृया दिनुहोस