नेपाल विद्यार्थी संघ पाँचथरद्दारा समिति विस्तार
नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पाँचथरले समिति विस्तार गरेको छ । १४ जना पदाधिकारी थप गर्दै संघले ४५ सदसीय समिति तयार पारेको हो । संगठनलाई थप सशक्त र गतिशील बनाउने उद्देश्यसहित विभिन्न स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी नयाँ पदाधिकारीहरू चयन गरिएको नेविसंघले जनाएको छ।
नेविसंघको विधान तथा संगठनात्मक मापदण्ड अनुसार गठित समितिको उपाध्यक्षमा सुबास बाँस्कोटा, पुरन मगर, दिनेश तामाङ, संयोग खड्का रहेका छन ।
समितिमा २ सचिव, ७ सह सचिव र १ कोषाध्यक्ष छन । जिल्ला समिति विस्तारसँगै संगठनले स्थानीय तहसम्म सशक्त संगठन निर्माणको खाका अघि बढाएको छ। नेविसंघ पाँचथरले आगामी दिनमा विद्यार्थीका हकहित र शैक्षिक सुधारका अभियानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
उपचुनाव: सबै नतिजा सार्वजनिक, १७ पद जितेको कांग्रेस पहिलो
पाँचथर । पालिका उपचुनावको मतगणना सकिएको छ । पालिकाका रिक्त विभिन्न ४२ पदका लागि उपचुनावको सबै नतिजा आएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार
ताप्लेजुङको सिरिजङ्गा ३ मा एमालेका सावादेन निर्वाचित
पाँचथर । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका –३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित हुनुभएको छ । आइतबार
उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज
पाँचथर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रशासन हुने भएको छ । त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ





प्रतिकृया दिनुहोस