उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

पाँचथर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रशासन हुने भएको छ । त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ । 

बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जानकारी दिएको छ । कार्यतालिका अनुसार आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ ।

दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ । 

प्रतिकृया दिनुहोस

नेपाल विद्यार्थी संघ पाँचथरद्दारा समिति विस्तार

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पाँचथरले समिति विस्तार गरेको छ । १४ जना पदाधिकारी थप गर्दै संघले ४५ सदसीय समिति तयार पारेको हो ।  संगठनलाई थप

उपचुनाव: सबै नतिजा सार्वजनिक, १७ पद जितेको कांग्रेस पहिलो

पाँचथर ।  पालिका उपचुनावको मतगणना सकिएको छ । पालिकाका रिक्त विभिन्न ४२ पदका लागि उपचुनावको  सबै नतिजा आएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार

ताप्लेजुङको सिरिजङ्गा ३ मा एमालेका सावादेन निर्वाचित

पाँचथर । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका –३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित हुनुभएको छ । आइतबार