राष्ट्रियसभाबाट दुई वटा विधेयक पारित

काठमाण्डाै – राष्ट्रियसभाबाट बजेट आश्रित दुई वटा विधेयक पारित भएका छन् । राष्ट्रियसभाको आजको बैठकबाट आर्थिक विधेयक २०८२ र राष्ट्र ऋण उठाउने विधेयक २०८२ पारित भएका हुन् ।

राष्ट्रियसभाले ती विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ । बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८२ र राष्ट्र ऋण उठाउने विधेयकलाई सुझावविना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भनी प्रस्ताव राख्नुभएको थियो । प्रस्तावलाई सभाले बहुमतले जस्ताको तस्तै पारित गरेको हो ।

राष्ट्रियसभाको अर्को बैठक आउँदो २४ गते मङ्गलवार दिउँसो सवा १ बजे बस्नेछ ।

Ujyaloonline.com

प्रतिकृया दिनुहोस

करदता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

फाल्गुनन्द गाँउपालिकाको आर्थिक सहयोग, करदाता सेवा कार्यालय फिदिम संगको सहकार्य, तथा सामाजिक शैक्षिक तथा पर्यावरणीय विकास नेपालको आयोजना स्थानिय