सबैभन्दा धेरै कमाउने २५ वटा चलचित्रलाई बोर्डले सम्मान गर्‍याे

काठमाण्डाै  – चलचित्र विकास बोर्डले सबैभन्दा धेरै कमाउने २५ वटा चलचत्रिलाई सम्मान गरेको छ । बोर्डले २५औं वार्षिकोत्सवको अवसरमा पारेर आज २५ वटा चलचित्रका निर्मातालाई सम्मान गरेको हो ।
बोर्डका अनुसार सबैभन्दा धेरै कमाउने चलचत्रि पूर्णबहादुरको सारङ्गी हो । यो चलचित्रले ४३ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ । याे कमाइ नेपाली चलचित्र इतिहासकै सबैभन्दा धेरै हाे ।
यस्तै दोस्रो स्थानमा रहेको कबड्डी–४ ले २१ करोड ४० लाख, तेस्रो स्थानमा रहेको १२ गाउँले १९ करोड ९२ लाख, चौथो स्थानमा रहेको छक्का पञ्जा–४ ले १७ करोड ५३ लाख र पाँचौं स्थानमा रहेको जारीले १७ करोड ४८ लाख रुपैयाँ कमाएको छ ।
यस्तै १६ करोड १० लाखसहित छक्का पञ्जा छैटौं, १५ करोड ६७ लाखसहित महाजात्रा सातौं, १५ करोड २० लाखसहित छक्का पञ्जा–५ आठौं, १४ करोड ७५ लाखसहित कोहिनुर नवौं र १४ करोड ५१ लाखसहित छक्का पञ्जा–२ दशौं स्थानमा छन् ।
यस्तै ११औं स्थानमा रहेको शत्रु गतेले १२ करोड ६५ लाख, १२औं स्थानमा रहेको ऊनको स्वीटरले १० करोड ६२ लाख, १३औं स्थानमा रहेको कबड्डी–२ ले १० करोड ३५ लाख, १४औं स्थानमा रहेको बोक्सीको घरले १० करोड १० लाख, १५औं स्थानमा रहेको छ माया छपक्कैले ९ करोड ९२ लाख, १६औं स्थानमा रहेको दिमाग खराबले ८ करोड ९८ लाख, १७औं स्थानमा रहेको अञ्जिलाले ८ करोड ८३ लाख, १८औं स्थानमा रहेको परदेशी–२ ले ७ करोड ९२ लाख, १९औं स्थानमा रहेको छक्का पञ्जा–३ ले ७ करोड ८३ लाख र २०औं स्थानमा रहेको प्रेम गीत–३ ले ७ करोड ६३ लाख कमाएको छ ।
यस्तै ७ करोड ५९ लाखसहित कबड्डी कबड्डी कबड्डी २१औं, ७ करोड ३८ लाखसहित पुजार सार्की २२औं, ७ करोड ३५ लाखसहित महापुरुष २३औं, ७ करोड ३४ लाखसहित कबड्डी २४औं र ७ करोड ३२ लाखसहित पशुपति प्रसाद–२ ः भष्मे डन २५औं स्थानमा छन् ।
स्रोत
Ujyaaloonline.com

प्रतिकृया दिनुहोस

फिदिमको गणेशमान सिं अस्पतालमा नेस्नल लघुवित्तका ग्राहकले छुट पाउने

नेस्नल लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकले गणेशमान सिंह सामुदायिक हस्पिटलमा छुट पाउने भएका छन् । लघुवित्त र अस्पतालबीच आइतबार भएको सम्झौता

सहारा नेपालका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई कार्वाहीको माग

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड (सहारा नेपाल साकोस)का कर्मचारीहरूमाथि ऋण असुलीका क्रममा भएको दुर्व्यवहारप्रति संस्थाले गम्भीर

पाँचथर प्रहरी प्रदेशमै उत्कृष्ट

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक र मातहत कार्यालय प्रमुख बिच आर्थिक बर्ष २०८१/०८२ को लागि बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार एक