ताप्लेजुङको सिरिजङ्गा ३ मा एमालेका सावादेन निर्वाचित
पाँचथर । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका –३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न भएको उपनिर्वाचनमा उहाँले ३५३ मत प्राप्त गरी विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अम्वी सावादेनले दुईसय ५१ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका भीमकुमार लक्सम्वाले दुईसय १८ मत पाउनुभयो । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल ७ मत प्राप्त गर्नुभएको अधिकृतको कार्यालयले जनाएको छ ।
नेपाल विद्यार्थी संघ पाँचथरद्दारा समिति विस्तार
नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पाँचथरले समिति विस्तार गरेको छ । १४ जना पदाधिकारी थप गर्दै संघले ४५ सदसीय समिति तयार पारेको हो । संगठनलाई थप
उपचुनाव: सबै नतिजा सार्वजनिक, १७ पद जितेको कांग्रेस पहिलो
पाँचथर । पालिका उपचुनावको मतगणना सकिएको छ । पालिकाका रिक्त विभिन्न ४२ पदका लागि उपचुनावको सबै नतिजा आएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार
उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज
पाँचथर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रशासन हुने भएको छ । त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ





प्रतिकृया दिनुहोस