बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
पाँचथर । अभियन्ता दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले सर्वोच्च अदालतको फैसलापछि पठनपाठनको तयारी पूरा गरेको हो ।
सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौँ विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको हो ।
चिकित्सा शिक्षा आयोगले चालु शैक्षिकसत्रका लागि बीएण्डसीलाई ५० विद्यार्थी पढाउन पाउने सिट निर्धारण गरेको थियो । हाल नियमानुसार नै विद्यार्थी भर्ना चलिरहेको कलेजका जनसम्पर्क अधिकृत प्रमेश गिरीले बताए ।
पहिलो वर्षमा ५० विद्यार्थीलाई अध्यापन गराउन कलेजले आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र शैक्षिक सामग्रीको व्यवस्था गरिसकेको उनले बताए ।
कलेजले मेचीनगर नगरपालिका–१२ धाइजनमा विद्यार्थीलाई पठनपाठन गराउन पाँचतले ‘बेसिक साइन्स ब्लक’ तयार गरेको छ भने ‘क्लिनिकल साइन्स’ अध्यापनका लागि विर्तामोड नगरपालिका–५ स्थित बीएण्डसी हस्पिटलमा व्यवस्था मिलाइएको जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए ।
राष्ट्रपति पौडेल अस्पताल भर्न
पाँचथर । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति
स्वतन्त्र विद्यार्थी युनियनको आयोजना निशुल्क 'रक्त समूह' परीक्षण
पाँचथर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजना निशुल्क रक्त समूूह (ब्लड ग्रुप) परीक्षण सम्पन्न भएको छ । बिहीवार पाँचथर बहुमुखी
शिविरमा २९० बिरामीको स्वास्थ्य परीक्षण
फालेलुङ गाँउपालिका ७ बाँस्बोटेमा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा दुई सय ९० जना बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य





प्रतिकृया दिनुहोस