आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै
पाँचथर । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको ११०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
२०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।
गणेशमान जयन्तीको अवसरमा भक्तपुरको कटुञ्जेमा रहेको गणेशमान सिंह वाटिकामा मानवअधिवारवादी नेता कपिल श्रेष्ठलाई विशेष सम्मान गर्न लागिएको छ । शोभाभगवतीमा गणेशमान सिंहको प्रतिमामा माल्र्यापणसहित विशेष कार्यक्रम आयोजना गरिएको छ ।
१९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।
नेपाल विद्यार्थी संघ पाँचथरद्दारा समिति विस्तार
नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पाँचथरले समिति विस्तार गरेको छ । १४ जना पदाधिकारी थप गर्दै संघले ४५ सदसीय समिति तयार पारेको हो । संगठनलाई थप
उपचुनाव: सबै नतिजा सार्वजनिक, १७ पद जितेको कांग्रेस पहिलो
पाँचथर । पालिका उपचुनावको मतगणना सकिएको छ । पालिकाका रिक्त विभिन्न ४२ पदका लागि उपचुनावको सबै नतिजा आएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार
ताप्लेजुङको सिरिजङ्गा ३ मा एमालेका सावादेन निर्वाचित
पाँचथर । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका –३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित हुनुभएको छ । आइतबार





प्रतिकृया दिनुहोस