पत्रकार कुटपिट लाजमर्दो घटना हो

जनकपुरधाम उपमहानगरपालिकामा मेयरकै उपस्थितिमा पत्रकारहरूलाई कुटिएपछि नगरपालिकाको कामकाजको चारैतिर आलोचना भइरहेको छ । पत्रकारहरू आन्दोलित छन् । मेयरकै पार्टी राजपाका केन्द्रीय सदस्य एवं पूर्वउपमेयर असगर अली के सोचिरहेका छन्  ? यस विषयमा उनीसँग शिलापत्रका लागि सुजीतकुमार झाले गरेको कुराकानी:

जनकपुरधाम उपमहानरपालिकाका प्रमुख लालकिशोर साहकै उपस्थितिमा पत्रकारहरूमाथि गरिएको कुटपिटकाे घटनालाई तपाईंले कसरी हेर्नुभएको छ ?

नगरपालिकामा वा कहीँ कुटपिट घटना हुनु निन्दनीय हो । आफूलाई नगरपिता भनेर प्रचार गर्ने व्यक्तिकै अगाडि यस प्रकारको घटना हुनु लाजमर्दो हो । जनताको सुरक्षाको अनुभूति दिने ठाउँमा उत्तेजनापूर्ण कार्य अभिभावकबाट हुनु हुँदैन । यस्ता व्यक्ति अभिभावक बन्न लायक नरहेको जस्तो लागिरहेको छ ।

तपाईं स्वयम् नगरपालिकाको उप्रमुख भइसक्नुभएको छ, वडाध्यक्ष भएर काम गरिसक्नुभएको छ, किन यस्तो भएको होला, तपाईंलाई के लागिरहेको छ ?

मलाई पनि आश्चर्य लागिरहेको छ । संयमताको अभावभन्दा बढी केही भन्न सक्दिनँ । लालकिशोरजी मेयर भएदेखि नै सबै समुदाय र सम्प्रदायलाई लिएर अगाडि बढ्न सक्नुभएको छैन । पत्रकारका पनि आफ्नै नैतिकता हुन्छन्, त्यसलाई पत्रकारहरूले पनि पालना गर्नुपर्छ ।

अहिले दुवै पक्षले आन्दोलन गरिरहेका छन्, यो आन्दोलनप्रति के भन्नुहुन्छ ?

आन्दोलनले समस्या समाधान हुँदैन । दुवै पक्ष बसेर समस्याको निकास खोज्नुपर्छ । गल्ती भएको छ । गल्ती गर्नेले स्वीकार गर्नुपर्छ । यसरी सडकमा एकअर्कालाई गाली गरेर दुवै पक्षको गरिमा घट्छ । एकले अर्कोलाई तल्लो देखाउन सामाजिक सञ्जालमा स्पोन्सरसमेत भएको पहिलो पटक देख्दै छु ।

यो घटना मिलाउन तपाईंको पार्टी राजपाले भूमिका किन खेल्न सकिरहेको छैन ?

अवश्य । मेयरलाई राजपाले नै टिकेट दिएपछि उहाँ सो पदमा पुग्नुभएको छ । राजपाका कन्द्रीय नेतृत्वले हस्तक्षेप गर्नुपर्छ । मधेश आन्दोलनमा पत्रकारहरूको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन ।

प्रजातन्त्रको अक्सिजन नै स्वतन्त्र प्रेस रहेकाले दुवै पक्षमा कहाँ असमझदारी बढेको छ, त्यसलाई खोजी गरी समस्याको निकास दिलाउनतर्फ अग्रसर हुनुपर्छ । यो विवादले राजपालाई समेत क्षति भइरहेको छ ।

तर पत्रकारहरूले महिलालाई कुटपिट गरेको भनेर जनकपुरधाम उपमहानगरका कर्मचारीले आन्दोलन शुरू गरेका छन् नि ?

जनकपुरधाम उपमहानगरपालिकामा सीसी क्यामेरा जडान छ, कसले कसलाई कुट्यो भन्ने सबै कुरा देख्न सकिन्छ । त्यो फुटेज झिकाएर प्रहरी वा सम्बन्धित निकायले हेर्दा हुन्छ । यसबाट सबै थोक स्पष्ट भइहाल्छ ।

प्रतिकृया दिनुहोस

ईश्वर पोखरेल भन्छन्–डाक्टरहरू के–के भन्छन्, मैले बुझेको छैन

ईश्वर पोखरेल उपप्रधानमन्त्री तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितिका संयोजक कोरोना भाइरस नियन्त्रणको सम्बन्धमा सरकारले गरेको तयारीको विषयमा

कोरोना उपचार गर्ने मुख्य अस्पताल टेकुका प्रमुखको गुनासो : ‘समन्वयको यस्तो अभाव छ, संक्रमितका परिवारको समेत कोरोना टेस्ट भएको छैन’

डा. सागर राजभण्डारी निर्देशक, टेकु अस्पताल नेपालमा अहिले कोरोना संक्रमित एकजना मात्रै छन् । तर, टेकु अस्पतालका आइसोलेसन बेड सबै भरिए ? देशको एउटा

'शेयर बजारको बढ्दो कारोबारमा सूक्ष्म अध्ययन हुँदै छ'

पछिल्लो ६ कारोबार दिनमा सेयर बजारमा करिब साढे २३ अर्ब रुपैयाँको कारोबार भएको छ । १ महिना अघिसम्म दैनिक ५० करोड रुपैयाँ बराबरको कारोबार हुने गरेकामा