फिदिममा आँखा शिविर जारी
सदरमुकाम फिदिममा आज चौँथो दिन पनि निशुल्क आँखा शिविर जारी छ । चौँथो दिन सम्ममा १८०६ जनाले ओपिडी सेवा लिएका छन भने २५० विरामीले मातिया विन्दु तथा अन्य आँखा सम्बन्धी रोगको उपचार गराएका छन् । शिविर जनसेवा समाज पाँचथरको संयोजन, मेची आँखा अस्पतालको प्रविधिक र फिदिम नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको हो । असोज १ गतेदेखि सुरु भएको शिविरमा हालसम्म पाँचथर लगायत छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुमबाट पनि लाभग्राही आएको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए । अपेक्षा गरेभन्दा उत्साह जनक रुपमा लाभग्राही आएर सेवा लिइरहेको र शिविर भोलि बुधवार समापन हुने अध्यक्ष अधिकारीले बताए ।
राष्ट्रपति पौडेल अस्पताल भर्न
पाँचथर । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति
बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
पाँचथर । अभियन्ता दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी
स्वतन्त्र विद्यार्थी युनियनको आयोजना निशुल्क 'रक्त समूह' परीक्षण
पाँचथर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजना निशुल्क रक्त समूूह (ब्लड ग्रुप) परीक्षण सम्पन्न भएको छ । बिहीवार पाँचथर बहुमुखी





प्रतिकृया दिनुहोस