कोशीमा धान उत्पादनमा वृद्धि, पाँचथरमा पाँच हजार ६१५ हेक्टर क्षेत्रफलमा धान खेती

पाँचथर । कोशी प्रदेशमा गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कोशी प्रदेशमा ९९.६० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएकोेमा यस वर्ष ०.०५ प्रतिशतले उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशका सूचना अधिकृत तथा बागवानी विकास अधिकृत पूर्णमाया गुरुङले बताउनुभयो । उहाँका अनुसार गत वर्ष ४.२४ प्रतिशत धान उत्पादन भएको थियो ।

कोशी प्रदेशमा दुई लाख ७६ हजार ३८६.७३ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । कोशी प्रदेशका अधिकतर स्थानमा धान उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ ।

कोशी प्रदेशको तराईका जिल्लामा एक लाख ९१ हजार ७७६ हेक्टर क्षेत्रफलमा यस वर्ष धान रोपाइँ भएको थियो । उत्पादन नौ लाख २१ हजार ७२९.०६ मेट्रिक टन छ भने उत्पादकत्व प्रति हेक्टर ४.८१ मेट्रिक टन रहेको सूचना अधिकृत गुरुङले जानकारी दिनुभयो । 

मध्यपहाडमा ६३ हजार ८३७ हेक्टर क्षेत्रफलमा यस वर्ष धान रोपाइँ भएकोमा  उत्पादन एक लाख ९२ हजार २२१.८५  मेट्रिक टन छ । मध्यपहाडको उत्पादकत्व ३.०१ मेट्रिक टन प्रति हेक्टर छ ।

उच्च पहाडमा १४ हजार ८४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा उत्पादन  ३९ हजार ३४०.३० मेट्रिक टन भने उच्च पहाडको उत्पादकत्व २.६५ मेक्ट्रिक टन प्रति हेक्टर छ ।  

सूचना अधिकृत पूर्णमाया गुरुङका अनुसार ताप्लेजुङ जिल्लामा पाँच हजार ५५३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा उत्पादकत्व २.८५ मेक्ट्रिक टन  प्रति हेक्टर छ । सङ्खुवासभामा आठ हजार ६८ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा उत्पादन २० हजार १७० मेट्रिक टन  छ । उत्पादकत्व २.५० मेट्रिक टन  रहेको निर्देशनालयले जनाएको छ ।

त्यस्तै सोलुखुम्बुमा एक  हजार २२५ हेक्टरमा धान रोपाइँ भएकोमा उत्पादकत्व २.७३  मेट्रिक टन प्रति हेक्टर  छ । पाँचथरमा पाँच हजार ६१५ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा उत्पादकत्व २.३७ मेट्रिक टन प्रति हेक्टर  छ ।

इलाममा एक हजार ६७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएकोमा उत्पादकत्व ३.३५ मेट्रिक टन प्रति हेक्टर छ ।

त्यस्तै, तेह्रथुममा छ हजार ५४९ हेक्टरमा धान खेती गरिएकोमा उत्पादकत्व २.३७ मेट्रिक टन प्रति हेक्टर  छ ।

धनकुटामा चार हजार ४४५ हेक्टरमा धान खेती भएकोमा उत्पादकत्व ३.३३ मेट्रिक टन प्रति हेक्टर  छ ।

भोजपुरमा धान रोपाइँ भएको क्षेत्रफल ११ हजार १४७ हेक्टरमा उत्पादकत्व २.९६ मेट्रिक टन प्रति हेक्टर छ । खोटाङमा नौ हजार ४१७ हेक्टरमा धान खेती भएकोमा उत्पादकत्व २.२५ मेट्रिक टन प्रति हेक्टर छ ।

ओखलढुङ्गामा तीन हजार ८०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएकोमा उत्पादकत्व २.५० मेट्रिक टन प्रति हेक्टर छ । उदयपुर जिल्लामा १२ हजार ७९४ हेक्टरमा धान खेती भएकोमा उत्पादकत्व चार मेट्रिक टन प्रति हेक्टर छ ।

कोशी प्रदेशको तराईकाे जिल्ला झापामा ७३ हजार ९५० हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकोमा उत्पादकत्व ५.०५ मेट्रिक टन प्रति हेक्टर छ ।

मोरङमा ६९ हजार ८१७ हेक्टर क्षेत्रफलमा धान रोपिएकोमा उत्पादकत्व ४.८० मेट्रिक टन प्रति हेक्टर छ ।

सुनसरीमा ४८ हजार नौ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा उत्पादकत्व ४.४४ मेट्रिक टन प्रति हेक्टरछ । कोशी प्रदेशमा कुल खेतीयोग्य क्षेत्रफल आठ लाख २६ हजार ६४६ हेक्टर छ ।

प्रतिकृया दिनुहोस

राष्ट्रियसभाबाट दुई वटा विधेयक पारित

काठमाण्डाै – राष्ट्रियसभाबाट बजेट आश्रित दुई वटा विधेयक पारित भएका छन् । राष्ट्रियसभाको आजको बैठकबाट आर्थिक विधेयक २०८२ र राष्ट्र ऋण उठाउने विधेयक

करदता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

फाल्गुनन्द गाँउपालिकाको आर्थिक सहयोग, करदाता सेवा कार्यालय फिदिम संगको सहकार्य, तथा सामाजिक शैक्षिक तथा पर्यावरणीय विकास नेपालको आयोजना स्थानिय

करदता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

फाल्गुनन्द गाँउपालिकाको आर्थिक सहयोग, करदाता सेवा कार्यालय फिदिम संगको सहकार्य, तथा सामाजिक शैक्षिक तथा पर्यावरणीय विकास नेपालको आयोजना स्थानिय