पेट्रोलको भाउ बढ्दा डिजेल र मट्टीतेलको घट्यो

पाँचथर । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ  बढेको हो भने डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको हो ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ५० रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको एक सय ४८ रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६१ रूपैयाँ तथा डिजेल र मट्टीतेलको एक सय ५० रूपैयाँ पर्नेछ ।

यस्तै तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६२ रूपैयाँ तथा डिजेल र मट्टीतेलको एक सय ५१ रूपैयाँ पर्नेछ ।

प्रतिकृया दिनुहोस

राष्ट्रियसभाबाट दुई वटा विधेयक पारित

काठमाण्डाै – राष्ट्रियसभाबाट बजेट आश्रित दुई वटा विधेयक पारित भएका छन् । राष्ट्रियसभाको आजको बैठकबाट आर्थिक विधेयक २०८२ र राष्ट्र ऋण उठाउने विधेयक

करदता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

फाल्गुनन्द गाँउपालिकाको आर्थिक सहयोग, करदाता सेवा कार्यालय फिदिम संगको सहकार्य, तथा सामाजिक शैक्षिक तथा पर्यावरणीय विकास नेपालको आयोजना स्थानिय

करदता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

फाल्गुनन्द गाँउपालिकाको आर्थिक सहयोग, करदाता सेवा कार्यालय फिदिम संगको सहकार्य, तथा सामाजिक शैक्षिक तथा पर्यावरणीय विकास नेपालको आयोजना स्थानिय