किरात समुदायले उधौली पर्व मनाउँदै
पाँचथर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आइतबार आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् ।उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् ।
किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ ।
भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली ९नाच०सहित पर्व मनाउछन् । ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ । सानो हात्तीवनमा आज पूजाआजा सहित किरात चाड विशेष रूपमा मनाइन्छ ।
पूजापछि आ-आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् ।
HAcked By TEAM BD DARK FOREF
I love you
कोशीमा धान उत्पादनमा वृद्धि, पाँचथरमा पाँच हजार ६१५ हेक्टर क्षेत्रफलमा धान खेती
पाँचथर । कोशी प्रदेशमा गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कोशी प्रदेशमा ९९.६० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएकोेमा यस वर्ष ०.०५
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
पाँचथर । झापा जिल्लामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर





प्रतिकृया दिनुहोस