यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन
पाँचथर । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो ।
सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज दिन हो ।
झोले हुन पाँउ
आरुबोटे काका आत्तिदै मेरो घर आउनुभो । स्वाँ स्वाँ गर्दै निक्कै हतारिंदै कपाल कन्याउँदै भन्नुभो-लौ अन्तरे मेरो एउटा निवेदन लेखिदेउ । पाटीमा चढाउनु परो
प्रविधिमैत्री शिक्षाको आवश्यकता
कुनै पनि प्रविधिको प्रयोग गरी दिइने वा हाँसिल गरिने शिक्षा प्रविधिमैत्री शिक्षा हो । कुनै पनि देशको शिक्षा नीतिले आफ्नो देशको राष्ट्रिय
हर्क साम्पाङ दाजुलाई वशन्त भाइको चिठ्ठी
आदरणीय दाजु, हर्क साम्पाङ ज्यु, साष्टाङ्ग डण्डवत । किराँती संस्कार अनुसार भाईले





प्रतिकृया दिनुहोस