मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार, अब ठूलो पानी नपर्ने

पाँचथर । देशको मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार हुन थालेको छ । तर एक, दुई दिन बदली र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद रोजन लामिछानेले दिनुभएको जानकारी अनुसार आज पूर्वी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । एक, दुई दिनपछि मध्य र पूर्वी क्षेत्रको मौसम पनि सफा हुँदै जाने उनले बताए । 

पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन थाले पनि मध्य र पूर्वी क्षेत्रमा भने मनसुनी वायुको प्रभाव कायमै छ । सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै ठाउँहरूबाट मनसुन आज बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए । मनसुन बाहिरिन थालेपछि दशैँका मुख्य दिनमा झरीको सम्भावना टरेको छ ।

अब पश्चिमी वायुको सक्रियता बढ्दै जाने र थप चिसो पनि बढ्ने महाशाखाले जनाएको छ । यस वर्ष नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । एक दिन ढिला गरी भित्रिएको मनसुन चार दिन ढिला गरी बाहिरिन थालेको हो । 
 

प्रतिकृया दिनुहोस

सबैभन्दा धेरै कमाउने २५ वटा चलचित्रलाई बोर्डले सम्मान गर्‍याे

काठमाण्डाै  – चलचित्र विकास बोर्डले सबैभन्दा धेरै कमाउने २५ वटा चलचत्रिलाई सम्मान गरेको छ । बोर्डले २५औं वार्षिकोत्सवको अवसरमा पारेर आज २५ वटा

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त

पाँचथर । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । विहिवार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई

सुचिन्दा र सन्जिब अभिनित ‘तिमी मेरो’ सार्वजानिक (भिडियाे सहित)

गायिका तथा मोडल सुचिन्दा श्रेष्ठ र मोडल तथा नायक सन्जिब थेबे लिम्बू अभिनित ‘तिमि मेरा’े बोलको गित सार्वजानिक भएको छ । भावसागर युट्युव चेनलमा रिलिज