सुचिन्दा र सन्जिब अभिनित ‘तिमी मेरो’ सार्वजानिक
गायिका तथा मोडल सुचिन्दा श्रेष्ठ र मोडल तथा नायक सन्जिब थेबे लिम्बू अभिनित ‘तिमि मेरा’े बोलको गित सार्वजानिक भएको छ । भावसागर युट्युव चेनलमा रिलिज भए लगत्तै नेपाली साँगितिक बजारमा यो गीत र म्युजिक भिडियोको चर्चा चुलिएको छ ।
कालो केसमा रेलिमाई, फुलबुट्टे सारी, गाजल टिकि जस्ता चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक राजेश पुमा राईको निर्देशनमा बनेको म्युजिक भिडियोमा मोडल तथा नायक सन्जिब थेबे लिम्बू र गायिका सुचिन्दा श्रेष्ठ स्वयंले अभिनय गरेका छन ।
भिडियोमा मुलुकको बिदेशिने ट्रेण्ड्ले तीन बर्ष देखि बिदेशमा रहेको प्रेमी (सन्जिब थेबे लिम्बु) लाई कुरिरहेकि प्रेमिका (गायिका तथा मोडल सुचिन्दा श्रेष्ठ) बीचको प्रगाढ प्रेमिल भावलाई समेटेर रोमान्टिक र सम्योगान्त सन्देशमुलक कथामा प्रस्तुत गराउन सफल भएका छन चर्चित निर्देशक राजेशपुमा राई ।
वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दमा सजिएको “तिमी मेरो“ बोलको गितलाई गायिका सुचिन्दा श्रेष्ठले आफ्नो उमेर समुहालाई लक्ष्यित गर्दै वेष्टन पप जनरामा बनाईयेको प्रतिकृया दिइन । गितका लागि चर्चित संगीतकार तथा गायक अमन प्रधानले संगित दिएका छन । एरेन्ज ÷ मिक्स÷ माष्टर राहुल प्रधानले गरेका हुन । रेकर्डिङ बि माईनर स्टुडियोमा गरियेको हो ! भिडियोमा, उत्सब दहालको क्यामेरा, अस्मिता राईको मेकप, असिम रानाभाट स्टाईलिस, दिपेन माईकल प्रोडक्सन र बिकास दहालले एडिट गरेका छन ।
ताप्लेजुङ्को सिरिजँघा १ सिनाममा जन्म भै हङकङलाई कर्म थलो र उतै बसोबास गर्दै आएका समाजसेवी वसन्त थेवे भिडियोका निर्माता हुन ।
निर्देशक दिनेश लिङ्देन द्वारा निर्देशित नेपाली कथानक चलचित्र “शान्ति“मा अर्का नायक सुशील क्षेत्री सगै मुख्य भुमिकामा अभिनय गरिसकेका नायक तथा मोडल सन्जिब थेबेले अन्य केही म्युजिक भिडियोमा समेत आफ्नो अभिनय मार्फत नेपाली दर्शक स्रोता समक्ष दर्बिलो उपस्तिथि जनाईसकेका छन । मोडल तथा नायक थेबे लिम्बू आफ्नो कलेजको अध्यन हङकङमै सकेर हङ्कङकै होटेलमा सहायक म्यानेजरको पदमा कार्यरत छन ।
गायिका तथा यस मोडलको समेत भुमिकामा देखियेकी सुचिन्दा श्रेष्ठको प्रस्तुती उत्कृष्ठ छ । गायन, नृत्य र कलामा बच्चा देखिनै अब्बल सुचिन्दा श्रेष्ठको यस अघि “एक चोटि आईदेउन“ बोलको गीत हाईलाईट्स नेपाल युट्युब चेनल बाट रिलिज भै सकेको छ । कालो केसमा रेलिमाई, फुलबुट्टे सारी, गाजल टिकि जस्ता चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका युवा निर्देशक राजेश पुमा राईको यो भिडियोमा अझ उत्कृष्ट कार्य दर्शक स्रोताले देख्न पाउने छन ।
म्युजिक भिडियो युवा पुस्ताकेन्द्रित निर्माण भएको गायक तथा इन्जिनियर बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।





प्रतिकृया दिनुहोस