शिविरमा २९० बिरामीको स्वास्थ्य परीक्षण

 फालेलुङ गाँउपालिका ७ बाँस्बोटेमा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा दुई सय ९० जना बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षण गराएका बिरामीहरुलाई निःशूल्क औषधी समेत बितरण गरिएको हो ।

कोशी अस्पताल बिराटनगरमा कार्यरत जेनेरल फिजिसियन डा. हरि खनालको संयोजकत्वमा बिहिबार शिबिर सञ्चालन गरिएको हो । खनालले आफ्नो जन्मथलो सिदिनका नागरिकको उपचारका लागि शिबिरको संयोजन गरेका हुन् ।

शिबिरमा ब्लड प्रेसर, सुगर, थाईराइड, पेट, छाती तथा मूटु सम्बन्धी जाँच गरिएको हो । त्यस्तै हाड जोर्नी तथा नशा, लागु औषध तथा मानसिक रोग सम्बन्धी परामर्श, ब्लड टेष्ट, सुगर टेष्ट र ब्लड ग्रुप टेष्ट समेत गरिएको डा. खनालले बताए ।

शिबिरमा खनालसहित बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.रोशन खड्का, हाज जोर्नी तथा नशा रोग बिशेषज्ञ डा. मनोज फुयाल, महिला तथा स्त्री रोग बिशेषज्ञ डा. अमोध गुरुङ, जेनेरल फिजिसियन डा. सम्भव मैनाली, डा. अंकुर आचार्य, डा. पिन्टु गोहित सहितको चिकित्सकहरुको टोलिले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका हुन् ।

सिदिन सामुदायिक बिकास क्लबको आयोजना तथा मोरङ सहकारी अस्पतालको प्राविधिक सहयोगमा शिबिर सञ्चालन भएको हो । शिबिरको उद्घाटन् नेपाली काँग्रेस पाँचथरका निबर्तमान सभापति नरेन्द्र कुमार केरुङले गरेका हुन् ।

सिदिन सामुदायिक बिकास क्लबका अध्यक्ष डिल्लि आञ्जुम केरुङको अध्यक्षतामा शिबिर सम्पन्न भएको हो । शिबिर सञ्चालनका लागि फालेलुङ गाँउपालिकाले आर्थिक सहयोग गरेका हो । (जाेरपाटी डटकमबाट)

प्रतिकृया दिनुहोस

राष्ट्रपति पौडेल अस्पताल भर्न

पाँचथर । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति

बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी

पाँचथर । अभियन्ता दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी

स्वतन्त्र विद्यार्थी युनियनको आयोजना निशुल्क 'रक्त समूह' परीक्षण

पाँचथर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजना निशुल्क रक्त समूूह (ब्लड ग्रुप)   परीक्षण सम्पन्न भएको छ ।  बिहीवार पाँचथर बहुमुखी