लय समाउँदै पाँचथर अस्पताल, भित्रिए ४ विशेषज्ञ

रेफर मात्रै हुने भनेर आलोचना भइरहने पाँचथर अस्पतालमा सेवा सुरधारको संकेत देखिएको छ । अस्पताल ब्यवस्थापन समितिले एकै पटक ४ बिशेषज्ञ डाक्टर भित्राएर सेवा सुरु गरेपछि स्थानीयले राहत पाएका छन । डाक्टर भित्राइएको र सेवा सुधारको थालनी भएको बारे अस्पताल ब्यवस्थापन समितिले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।  

पछिल्लो पटक हाडजोनी तथा नसा रोग, जनरल सर्जन र एनएसथेसियाका ४ डाक्टरलाई अस्पतालले सेवामा लिएको हो । दक्ष जनशक्ती आएपछि यो एक साता बिचमा दैनिक जसो अपरेशन सेवा भइरहेका छन ।

यस अघि पाँचथर अस्पतालमा नभएका हाइड्रोसिल, फिस्टुला, हर्नीया, पत्ति थैलिको अपरेसन, स्टिल राख्ने झिक्ने सम्बन्धी अपरेसन सेवा सुरु भएका हुन ।

ब्यवस्थापन तत्कालै बालरोग बिशेषज्ञ भित्राउने तयारीमा लागेको छ । ५० शैयाको अस्पताल बिस्तारको चरणमा रहेको अस्पतालको भौतिक संरचना भने पर्याप्त छ तर सेवा नभएको भन्दै गुनासो हुने गरेको थियो । 

प्रतिकृया दिनुहोस

राष्ट्रपति पौडेल अस्पताल भर्न

पाँचथर । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति

बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी

पाँचथर । अभियन्ता दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी

स्वतन्त्र विद्यार्थी युनियनको आयोजना निशुल्क 'रक्त समूह' परीक्षण

पाँचथर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजना निशुल्क रक्त समूूह (ब्लड ग्रुप)   परीक्षण सम्पन्न भएको छ ।  बिहीवार पाँचथर बहुमुखी