शैक्षिक भ्रमण : पाँचथर देखि पाेखरासम्म
नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो । यहाँ, विभिन्न प्रकारका प्राकृतिक सम्पदा पाइन्छ । विभिन्न प्रकारका सुन्दर पर्यटकीय स्थलहरु पनि यस देशमा रहेका छन् । ती मध्ये नेपालको एकदमै सुन्दर पर्यटकीय स्थल पोखरा पनि एक हो । पोखरा नेपालकै सुन्दर शहर र प्रकृतिको वरदान भनेर पनि चिनिन्छ । यहाँ देश तथा विदेशका मानिसहरु दृश्यावलोकन गर्न र मनोरञ्जन गर्नका लागि आउने गर्छन् । यसै क्रममा मिति २०७८ साल फागुन ११ गतेका दिन श्री चन्द्रोदय माध्यमिक विद्यालय, मिक्लाजुङ – ३, आरुबोटे दशमी, पाँचथरमा अध्ययनरत कक्षा १० का सम्पूर्ण विद्यार्थीहरु, शिक्षक शिक्षिकाहरु एवम विद्यालय व्यवस्थापन समितिका सदस्यहरु शैक्षिक भ्रमणमा निस्किएका थियौं ।
हामीले हाम्रो यात्रा दशमी बजारबाट शुरुवात ग¥यौं । हामी भ्रमणमा जाने विद्यार्थीको सङ्ख्या २८ र शिक्षक शिक्षिकाहरु साथै वि. व्य. स. का सदस्यहरु गरी ४५ जना भयौं । हामी सबै विद्यार्थीहरु र केही शिक्षक शिक्षिकाहरु टिकट काटेर बसबाट दमकसम्म जाने भयौं । हाम्रो यात्रा टिकट काटेर बसबाट शुरु भयो । पहाडमा सानो मात्र बस आउने भएकोले, सबै नअट्ने भएका कारण यसो गर्नु परेको थियो । हामी दशमीबाट ९ः२५ बजे बाटो लाग्यौं । हामी दशमीबाट आरुबोटे, कुरुम्बा हुदै चिसोपानी पञ्चमी काटेर लारुम्बा तर्फ लाग्यौं । बाटो लागेको करिब दुई घण्टा पछि हामी खाना खान बसबाट फोमी होटलमा ओल्र्यौं । खाना खाने क्रममा हामी एक घण्टा अलमल ग¥यौं । त्यस पछि हामी सरासर दमकको लागि बाटो लाग्यौं । यात्रा गर्ने क्रममा साथीहरु निकै उत्साह र जोश, जाँगरका चलाएर गीत गाउँदै, रमाइलो गर्दै दमक पुग्यौं ।
हामी दमकमा लगभग २ः३० बजे पुगेका थियौं । दमकको एक छेउमा बसबाट आल्र्यौं । त्यस पछि एक छिन फ्रेस भएर हामी रिजर्व बस चढेर तीन बजेतिर बाटो लाग्यौं । अर्थात पोखरा लाग्यौं । हामी यहाँ पनि रिजर्व बसमा सबै जना अटेनौं । त्यसकारण एउटा ट्याक्सी पनि रिजर्व गरेर वि. व्य. स.का सदस्यहरु चढ्नु भयो । दमकबाट हाम्रो बस र ट्याक्सी पश्चिम तर्फ हुइँकियो । यात्रा सँगसँगै साथीहरु गीत गाउँदै, रमाइलो गर्दै, खुशीका उमङ्ग लिएर उफ्रन, नाच्न थाल्यौं । बेला बेला बसले हल्लाउँदा पनि निकै मजा आएको थियो । हाम्रो यात्रा बढ्दै थियो । ठुलठुला शहरहरु अनि गाडीको भीड बढ्न थालेको थियो । हामी पहाडमा कम गाडी देख्नेलाई यो पनि रमाइलो भइ रहेको थियो । मना खुुशी र उत्साह बढ्न थालेको थियो । त्रमशः यात्रा बढ्दै गयो । साथीहरु थकित हुदै निदाउन थाले । जाँदै गर्दा बाटोमा केही फलफूल र प्लाष्टिक अनि पिउने पानी सरहरुले किन्नु भयो । सरहरुले आवश्यक औषधी पनि बोक्नु भएको थियो ।
लामो यात्राको क्रममा हामी उर्लाबार िहुदै कोशी पुग्यौं । त्यहाँ एकदमै रमाइलो दृश्य अवलोकन गर्न पायौं । यो नेपालकै ठूलो नदी हो । त्यहाँ ठूलो पुल अनि केही जनावरहरु हेर्न पायौं । हामी विश्राम नगरीकन यात्रा गर्दै गयौं । साँझको समय पछि हामी खाना खान मिथिला नगरपालिकाको ढल्केवर भन्ने ठाउँमा ओल्र्यौं । त्यहाँ ‘मामा खाजा घर’ भन्ने होटल रहेछ । त्यही खाना खाएर हामी लगभग रातको १० बजेतिर बाटो लाग्यौं । ढल्केवरबाट लगातार हामी बससँग कुद्न थाल्यौं । रातको दुई बजेतिर बसलाई पार्क गरेर ड्राइभर लगायत सबै बसमै विश्राम लियौं । सबै आ–आफ्नो सिटमै सुत्यौं । त्यस पछि बिहानको समयमा फेरि बाटो लाग्यौं । लगातार यात्राको क्रममा घाँसीकुवा भन्ने ठाउँमा एकछिन घुम्यौं । त्यसपछि लगातार पोखराको बाटो तर्फ लाग्यौं । बिहान ११ बजे हामी पोखरा पुग्यौं । स्मृति होटलमा हाम्रो यात्रा रोकियो । त्यहीँ खाना खाएर फ्रेस भयौं । त्यस पछि हामी पोखराको रमणीय स्थलहरु हेर्न निस्कियौं ।
ब्रम्हाण्ड सम्बन्धी ज्ञान दिने एक स्थान रहेछ । त्यहाँ टिकट काटेर सबै जना प्रवेश गरि तारामण्डलहरु सम्बन्धी दृश्यावलोकन ग¥यौं । त्यसपछि चमेरे गुफा गयौं । चमेरे गुफा हेरि सक्दा साँझ पर्न थालिसकेको थियो । त्यसपछि हामी फेरि आफ्नो बासस्थान फर्कियौं । यस भ्रमणको क्रममा म र मेरो साथीहरु सजिन राई र सकिला मगरको एकै दिन जन्मदिन परेकोले पोखरा पुगेको दिन बेलुकी सबैजना रमाइलोसँग, मनोरञ्जनका साथ जन्मदिन मनायौं । सबै जना लामो यात्राको कारणले गर्दा थकित थिए । त्यसैले चाँडै खाना खाएर सबै जना सुत्यौं ।
भोलि बिहान सबै जना चाँडै उठेर फेरि घुम्न जानलाई तयार भयौं । बिहानको खाजा खाएर फेरि बसमा चढेर महेन्द्र गुफा, गुप्तेश्वर महादेव, डृभिड फल्स हुँदै फेवाताल पनि अवलोकन गर्न भ्यायौं । फेवातालमा गएर बोटमा चढ्यौं । विन्ध्यावासिनी घुम्यौं । नकै रमाइलो भो । सबै दृश्यावलोकन गरिसके पछि हामी घर तर्फ फर्कन तरखर गर्दै थियौं । सबै जना स्मृति होटलमा आएर खाना खाएर आ–आफ्नो सामान लिएर पोखराबाट बिदा हुदै घरतर्फ लाग्यौं । हामी पोखराबाट लगातार यात्रामा थियौं । बेलुका चार बजेतिर मुग्लीन भन्ने ठाउँमा ओर्लेर खाजा खायौं । हाम्रो यात्रा निरन्तर अघि बढी रह्यो । साथीहरु रमाइलोसँग नाचगान गर्दै रमाइलो गर्न थाले । मैले पनि साथ दिएँ । गीत गाएँ । राती ९ बजे तिर हामी कुन्नि कतातिर हो खाना खानका लागि ओल्र्यौं । खाना खाइ सके पछि राती रमाइलो गर्दै लगातार हिडिरह्यौं । कुदी रह्यौं । हामी लगभग बिहानको ९ बजे सप्तरीमा बाबाको पेडा पसल भन्ने होटलमा खाजा खायौं । अनि बाटो लाग्यौं । हामी लगभग दुई चार घण्टा पछि दमक आइपुग्यौं । दमकबाट पनि हामी लगातार हिडीरह्यौं । फेरि फोमी भ्यू होटलमा आएर खाना खायौं । यो यात्राको हाम्रो अन्तिम खाना थियो । त्यस पछि सरासर हामी घर तर्फ लाग्यौं । चार बजेतिर दशमी ाइअपुग्यौं । यसै गरि हाम्रो शैक्षिक भ्रमण २०७८ (पोखारा यात्रा) अन्त्य भयो ।
सबैभन्दा धेरै कमाउने २५ वटा चलचित्रलाई बोर्डले सम्मान गर्याे
काठमाण्डाै – चलचित्र विकास बोर्डले सबैभन्दा धेरै कमाउने २५ वटा चलचत्रिलाई सम्मान गरेको छ । बोर्डले २५औं वार्षिकोत्सवको अवसरमा पारेर आज २५ वटा
मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार, अब ठूलो पानी नपर्ने
पाँचथर । देशको मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार हुन थालेको छ । तर एक, दुई दिन बदली र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त
पाँचथर । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । विहिवार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई





प्रतिकृया दिनुहोस