BSC FM live


किरण चेम्जोङ मिनर्वा पन्जाबमा अनुबन्धित


०२ साउन,- नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङ भारतीय क्लब मिनर्वा पन्जाबमा अनुबन्धित भएका छन् ।

भारतको शीर्ष डिभिजन लिग आईलिग क्लब पन्जाबले बुधबार सामाजिक संजाल फेसबुकबाट किरणलाई अनुबन्ध गरेको जनाएको छ ।

पन्जाबले फेसबुकमा किरणलाई अनुबन्ध गरेको जनाउदै उनि फर्किएको खुशी व्यक्त गरेको छ ।

‘किरण चेम्जोङ मिनर्वा पन्जाब परिवारमा फर्किएको घोषणा गर्दा निकै खुसी छौं,’ पन्जाबले लेखेको छ ।

किरणले सन् २०१७/१८ को सिजन पनि पन्जाबबाट खेलेका थिए । त्यस सिजन पन्जाबले आई लिग जितेको थियो ।

किरणले राष्ट्रिय टोलीका लागि हालै माल्दिभ्सको क्लब टीसी स्पोर्ट्ससँग सम्झौता रद्द गरेका थिए । गत सिजन किरणको उच्च प्रदर्शनले टीसीले माल्दिभ्सको लिग जितेको थियो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी