BSC FM live


बिहारमा बाढी, आठ जनाको मृत्यु


२९ असार ,- नेपालको तराई क्षेत्रसँग सीमा जोडिएको भारतको उत्तर बिहार क्षेत्रमा बाढीका कारण ८ जनाको मृत्यु भएको छ। घटनामा सयौं घाइते भएका छन्।  भीषण वर्षासँगै विभिन्न नदीमा आएको बाढीले ठूलो भूभाग डुबानमा परेको भारतीय अधिकारीहरुले जनाएका छन्।  कमला, बागमती, गण्डकी, कोशीलगायतका नदी बढेर बस्तीमा पुगेपछि ठूलो संख्यामा मानिसहरु विस्थापित भएको जनाइएको छ। कमला नदीको तटबन्ध फुटेपछि जयनगरका ९० प्रतिशत भन्दा बढी घर डुबानमा परेका छन्। स्थानीय प्रशासनले त्यहाँको बजार खाली गराएको छ। भारतले नेपालसँगका अधिकांश सीमा क्षेत्रमा पर्खाल लगाएकाले नदी आसपासको क्षेत्रमात्र डुबानमा परेको छ। नदी प्रभावित क्षेत्रमा भने डुबानको असर बढी देखिएको जनाइएको छ। भारत सरकारले विभिन्न सहर क्षेत्रमा बाढीको प्रभाव न्युनिकरणका लागि लगाएका पर्खालहरु भत्किएको र लाखौं मानिस विस्थापित हुने अवस्थामा रहेको अधिकारीहरुले जनाएका छन्।
tahakhabar

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी