BSC FM live


नदीमा पानीको बहाव घट्न थाल्यो, पानी पर्ने क्रम विस्तारै घट्दै जाने मौसमविद्को अनुमान


unn.prixa.net

२९ असार,-  वर्षा कम भएपछि नदीमा पानीको बहाव घट्न थालेको छ । अहिले कमला र कोशी नदीमा मात्र पानीको सतह सतर्कता तहभन्दा माथि छ । अन्य नदीमा भने पानीको सतह घटेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अब पानी पर्ने क्रम बिस्तारै घट्दै जाने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा केही तल सरेकाले मनसुन अझै सक्रिय देखिए पनि विस्तारै कमजोर हुँदै जाने तर एक दुई दिन पानी पर्ने क्रम भने नरोकिने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

आइतबार देशभर सामान्यदेखि पूर्ण बद्ली भई धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । विशेषगरी पूर्व र मध्य क्षेत्रका केही ठाउँमा र पश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।

आइतबार राति पनि देशका धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आइतबार कन्काई, कोशी, कमला, बागमती, नारायणी लगायतका नदीमा पानीको बहाव सतर्कता तह आसपास हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, पश्चिम राप्ती बबई, कर्णाली र महाकालीमा बहाव बढ्दो क्रममा हुने तर सतर्कता तह भन्दा तलै हुने महाशाखाको अनुमान छ । खतराको तह पार गर्ने र गर्न सक्ने नदी आसपासका नागरिकलाई  मोबाइलमा महाशाखाले एसएमएस मार्फत् जानकारी गराउँदै आएको छ ।

 उज्यालो 

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी