BSC FM live


फ्राइडे रिलिज : आजदेखि ‘सानो मन’ प्रदर्शनमा


२७ असार,- फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि नेपाली चलचित्र ‘सानो मन’ प्रदर्शनमा आएको छ । चलचित्रले सोलो रिलिजको अवसर पाएको छ ।

सुरुवातमा यो चलचित्र असार २० गतेबाट प्रदर्शनमा आउने बताइएको थियो  । तर, अन्तिम समयमा आएर प्रचारप्रसारका लागि समय अपुग भएको भन्दै एक हप्ता पछि सारिएको थियो ।

चलचित्रमा  शिल्पा मास्के र आयुष्मान देशराज जोशीको प्रेम, रोमान्स र पीडा देखाइएको छ । दुई मुख्य पात्रको सम्बन्धमा आइपरेका उतार चढावलाई चलचित्रले चित्रण गरेको छ ।

चलचित्र ‘सानो मन’को निर्देशन सुयोग गुरुङले गरेका हुन् । शिल्पा र आयुष्मानका अलावा चलचित्रमा गौरी मल्ल, विशाल पहारी, रश्मी भट्ट, शिशिर वांदेल, सक्षमकृष्ण सुवेदीलगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

चलचित्रको निर्माण राजेन्द्र श्रेष्ठ, राजिव श्रेष्ठ र योगेश गुरुङले संयुक्त रुपमा गरेका हुन् ।

-उज्यालो

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी