BSC FM live


हारले हृदय टुटेको छ – कोहली


२६ असार,- इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलबाट बाहिरिएपछि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टिमको हृदय टुटेको बताएका छन्  ।

म्यानचेस्टरमा बुधबार रोमान्चक बनेको पहिलो सेमिफाइनलमा उपाधि दाबेदार भारत न्युजिल्याण्डसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

यसले हाम्रो हृदय टुटेको छ किनभने हामीले यो गति निर्माण गर्न कठिन महेनत गरेका थियौं । हामी अंक तालिकाको शीर्ष स्थानमा रहेका थियौं,’ कप्तान कोहलीले भने, ‘तर, क्रिकेटको खराब पक्ष तपाई प्रतियोगिताबाट बाहिरिनु हुन्छ । हामीले यसलाई स्विकार्नु पर्छ र  हामीले राम्रो क्रिकेट खेल्ने बनेर आउनु पर्छ ।’

ओल्ड ट्राफोर्डमा न्युजिल्याण्डले दिएको २४० रनको सामान्य लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा अलआउट हुँदै २२१ रनमा समेटिएको थियो ।

भारतका लागि रबिन्द्र जडेजा र महेन्द्र सिंह धोनीले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । जडेजाले ७७ तथा धोनीले ५० रन बनाए । निकै खराब सुरुवात गरेको भारतको इनिङ्स जडेजा र धोनीले उकासेका थिए ।

कप्तान विराट कोहली, ओपनर रोहित शर्मा र लोकेश राहुल एक एक रनमा आउट भएका थिए ।

यस्तै कप्तान कोहलीले सुरुवाती ४० मिनेटको खेलले नतिजा बिग्रेको बताए  ।

खेलमा ४० मिनेटमा धेरै बदलियो। पाँच रनमा ३ विकेट गुमाउनु ठूलो दबाब हो,’ कप्तान कोहलीले भने, ‘यस्तो अवस्थामा खेलमा फर्कनु निकै कठिन हुन्छ । हामीले प्रतियोगिताम उत्कृष्ट खेलेका थियौं । हामी निराश छौं ।’

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी