BSC FM live


सँगै चियापान, अनि गोली हानाहान


२६ असार,-  भोजपुर सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकाका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबुलमा बसे चिया खाइरहेका थिए। दुवै जनाबीच पहिलेखि नै चिनजान थियो।  भेट हुनासाथ हात मिलाए र चिया पपिउन सुरु गरे। चन्द समूहका ओखलढुंगा जिल्ला ईन्चार्ज नीरकुमार राई र सादा पोसाकका प्रहरी जवान सञ्जीव राई चियाको चुस्कीसँगै गफिँदै थिए।  प्रत्यक्ष दर्शीका अनुसार नीरकुमार दुईदिनयता चियापसलमा आउने जाने गरिरहेका थिए। बुुधबार पनि बिहानै आएर अरु मन्छेसँग ‘हेलोहाई’ गरिरहेका थिए करिब ८ बजे सञ्जीब आइपुगे। दुवैले दाइभाइको साइने पनि लगाए भन्ने खबर कान्तिपुर दैनिकमा खबर छ।   प्रतिबन्धपछि ८ मारिए सरकारले नेत्रविक्रम चन्द्र विप्लव समूहलाई प्रतिबन्ध लगाएपछिको द्वन्द्वका क्रममा चन्द समूहका ८ नेता कार्यकर्ता मारिएका छन्। चन्द समूहको आक्रमणमा एक सर्वसाधारण र एक प्रहरीको मृत्यु भएको छ।  पछिल्लोपल्ट बुधबार भोजपुरमा ओखलढुंगा इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जीव राई मारिएका छन्। भोजपुरमा दुई, सर्लाहीमा एक, काठमाडौँमा विस्फोटमा ५ गरी चन्द समूहका ८ जना मारिएका हुन्। काठमाडौँ विस्फोटमा एक सर्वसाधारणको पनि ज्यान गएको थियो। प्रतिबन्धयताको अवधिका दुई प्रहरीसहित ९ जना घाइते भएका छन्। २८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले चन्द समूहको गतिविधमा प्रतिबन्ध लगाएको थियो।
tahakhabar

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी