BSC FM live


नेपालमा पहिलो पल्ट मोए थाई प्रतियोगिता सुरु


टुडे संवाददाता/ पाँचथर, २६ असार

नेपालमै पहिलो पल्ट पाँचथर सदरमुकाम फिदिममा मोए थाई प्रतियोगिता सुरु भएको छ । मिक्स मार्सल आर्टको रुपमा परिचित मोएथाईको बुधवारदेखि प्रदेश स्तरीय प्रतियोगिता आयोजना भएको हो ।
थाईल्याण्डको राष्ट्रिय खेल तथा छिमेकी भारतका विभिन्न ठाँउमा विस्तार भएको उक्त खेल नेपालमा पहिलो पल्ट प्रतियोगिताको रुपमा आयोजना भएको हो । प्रतियोगिताको वुधवार १ नम्बर प्रदेशका समाजिक विकास मन्त्री जिवन घिमिरेले उद्घाटन गरे । घिमिरेले खेल लगायतका समग्र विकासमा प्रदेश सरकारले भुमिका खेल्ने धारणा राखेका थिए । ‘तीनै तहमा स्थानिय सरकार बनेपछि विकासले गति पाएको छ । खेलकुद लगायका समग्र क्षेत्रको विकासमा प्रदेश सरकारले भुमिका खेलिरहेको छ’ घिमिरेले भने ‘प्रतिभाहरुको पहिचान र विकासमा जोड दिएका छौँ ।’
मोएथाई एशोसिएसन अफ पाँचथर, नेपालको आयोजनामा प्रतियोगितामा पाँच जिल्लाका १ सय खेलाडी सहभागि छन् । यो मध्ये २० जना महिला खेलाडी रहेका छन् । १ नम्बर प्रदेशका पाँचथर, झापा, उदयपुर, तेह्थुम र इलामका खेलाडी सहभागि रहेको प्रमुख प्रशिक्ष रमा राईले जानकारी दिईन । अफिसियल र अतिथिको रुपमा भारतको सिक्खीम बाट टोलि आएको छ । विगत केहि बर्षयता जिल्लामा मोए र्थाइको तालिमहरु सञ्चालन हुदै आएका थिए । नेपालका विभिन्न ठाँउमा तालिम सञ्चालन भएपनि औपचारीक रुपमा भएको यो प्रतियोगितानै नेपालको पहिलो प्रतियोगिता भएको राईले बताईन । बुधवार दश वटा प्रतिस्पर्धा भएका छन् ।
सिनियर, जुनियर, सव–जुनियर तथा विभिन्न उमेर र तौल समुहको प्रतिस्पर्धा हुदै छ । पन्च, एल्बो, नि, किक लगायको प्रयोगगरी खेल हुने गरेको छ । खेल रिङ भित्र हुदै छ । खेलका लागि विभिन्न क्षेत्रबाट सामाग्रि जुटाइएको छ । प्रतियोगिता शुक्रवारसम्म सञ्चालन हुने छ । प्रतियोगितामा सहभागि खेलाडीले विधागत रुपमा स्वर्ण, रजत र कास्यपदक जित्ने छन् । यस्तै टिम च्याम्पीयन, रनरअप को उपाधि जित्ने छन् । यस्तै वेष्ट फाईटर, वेष्ट वाइक्रु लगायत छानिने राईले जानकारी दिइन । प्रतियोगिता २० लाख रुपैँया खर्चिएर सम्पन्न गर्नलागिएको बताइएको छ । यो मध्ये प्रदेशको सामाजिक विकास मन्त्रालयले १० लाख सहयोग गरेको छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी