BSC FM live


लालीखर्कमा होमस्टेको विकास गरिदै


टुडे संवाददाता/ पाँचथर ,२६ असार

महागुरु फाल्गुनन्दको तपोभुमि र समाधिस्थल रहेको सिलौटी–लोब्रेकुटिको काखमा रहेका लालिखर्क–वतासे क्षेत्रका बस्तीमा सामुदायिक होमस्टे सञ्चालन थालिएको छ । यहाँका विभिन्न गन्तव्य घुम्न आउने आन्तरीक र वाह्य पर्यटकलाई मध्यनजर गर्दै यहाँ होमस्टे सञ्चालनमा स्थानीयबासिहरु उत्साहित देखिएका छन् ।
यि गाँउमा हाल दशवटा होमस्टे सञ्चालनमा आएका छन् । स्थानीय लालिखर्क–बतासे सामुदाियक होमस्टे संस्थाका माध्यमबाट सञ्चालीत होमस्टेको प्रवद्र्धन तथा प्रचारमा स्थानीय जुट्न थालेका छन् । पर्यटकमैत्री होमस्टे सञ्चालनमा लागि यहाँ तालिम समेत दिइएको छ । होमस्टे सञ्चालक र सञ्चालनका लागि इच्छुकहरुलाई पाँच दिने तालिम प्रदान गरीएको हो । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा आदिवासी समाज विकास केन्द्र नेपालले होमस्टे सञ्चालनकाको लागि आधारभुत तालिम सञ्चालन गरेको थियो । तालिममा लालिखर्क, बातासे सहित कान्छीदोकान, हिलिहाङको गोपेटर, आगेजुङ, इम्बुङक्षेत्रका बासिन्दालाई तालिम दिइएको थियो । तालिममा सहभागि थिए । अधिकतर महिलाहरुलाई सहभागि गराइएको थियो ।
तालिमसँगै निरन्तर ‘फालोअप’ गरी ग्रामिण आर्थिक विकासकाको माध्यम र पर्यटन प्रवद्र्धनमा योगदान गर्ने गरी होमस्टेको सञ्चालन र प्रवद्र्धन गरीने १ नम्बर प्रदेशको होमस्टे एसोसिएसनका अध्यक्ष विनोद सुब्बा गुरुङले बताए । ‘यहाँ ठुलो सम्भावना देखियो । उलेख्ख संख्यामा आन्तरीक तथा वाह्य पर्यटक आउने भएकाले पनि यो क्षेत्रमा होमस्टे सफल हुने अपेक्षा राखिएको छ । पाँचथरमा पहिलोपल्ट सञ्चालनमा ल्याइएको होमस्टे र अन्य क्षेत्रमा सहभागिहरुको उत्साहले थप आशा पलाएको छ’ उनले भने ‘आठ जिल्लामा सञ्चालित होमस्टे १४ जिल्लामानै पुगेको छ । हामि १ नम्बर प्रदेशलाई होमस्टेको हब बनाएर ग्रामिण क्षेत्रको प्रवद्र्धन र आर्थिक समृद्धिको योजना बनाई रहेका छौँ’ उनले भने ‘प्रदेश १ मा ४३ सामुदायिक होमस्टे सञ्चालमा आएका छन् । यिनिहरुलाई व्यवस्थीत बनाउने योजना रहको छ ।’
सिलौटि लोब्रेकुटिसँग पाथिभरा, तिम्बु पोखरी जाने पर्यटकलाई बसाउने योजना रहेको लालिखर्क–बतासे सामुदायिक होमस्टेका अध्यक्ष टंक राई बताउँछन् । दश घरमा रहेको होमस्टेमा पर्यटकहरु बस्न थालेका छन् । थप घरहरुमा विस्तार गर्दै नमुना होमस्टेको रुपमा अघि बढाउनका लागि पहल भईरहेको उनले बताए । मेची राजमार्गको आसपासमा रहेका यो ठाँउहरु रमणिय तथा दृष्यावोलकनकालागि पनि आर्कषक छन् । गर्मि याममा पनि सितल हुने, ग्रामिण जनजीन, खेतीप्रणाली तथा आर्कषणक डाँडाहरु भएको फराकिलो क्षेत्र भएकाले पर्यटकले रुचाउने अपेक्षा राखिएको संस्थाका सचिव चन्द्र योङ्या बताउँछन् ।
परम्परागत सास्कृतिको प्रवद्र्धन, आलु, आर्गनिक चिया, टिम्बुर अचार सहितको खानपानमा जोड दिइएको बताइएको छ । साना चिटिक्क परेका घरमा होमस्टे सञ्चालनमा ल्याइएको छ । पाँच दिनको तालिमबाट सिप हासिल हुनुका साथै हौसला प्रदान गरेको होमस्टे सञ्चालिका मिङमा शेर्पाले बताईन्छ । लोब्रेकुटी, सिलौटि, साधुटार, सुकेपोखरी लगायतका धार्मिक, सास्कृतिक तथा प्राकृतिक महत्वका ठाँउहरु रहेका छन् । होमस्टेलाई दिर्घकालिन रुपमा सञ्चालन गर्नका साथै पर्यटिक गन्तव्यहरु प्रवद्र्धन आवश्यक रहेको विभिन्न क्षेत्रबाट सुझाव दिइएको छ । पर्यटकहरुलाई प्याकेज बनाएर पूर्वी पहाड घुमाउने गरीको योजना आवश्यक रहेको बताइएको छ । पर्यटकिय क्षेत्र भएर भनेर जान्दा जान्दैपनि स्थानिय तवरबाट ठोस कामगर्न नसकिरहेको बेलामा होमस्टेबाट अघि बढ्नकालागि इच्छुक भएको कान्छीदोकानी मिरा तामाङले बताईन ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी