BSC FM live


पर्यटनको सन्दर्भ



नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा लिएको छ । भ्रमण बर्षको सन्र्दभमा विभिन्न अपेक्षाहरु रहेका छन् । निक्कै महत्वकाक्षी लक्षहरु रहेका छन् । त्यसोत हाम्रो समाजमा घुम्ने चलनको विकास भइरहेको छ । तर आन्तरीक र वाह्य पर्यटकलाई घुम्नकालागि उत्साहित गर्ने, स्वागत गर्ने तथा प्रवद्र्धन गर्नकालागि विशेष कार्यक्रमको अभाव देखिन्छ ।
अग्लो डाँडा वा सानो सरचना देख्ने वित्तिकै भ्रम हाम्रोमा रहेको पाईन्छ । पर्यटनको विकासका लागि पर्याप्त पूर्वाधारको विकास र प्रचारको अभाव देखिन्छ । हाम्रोमा पर्याप्त सम्भावनाहरु रहेका छन् । तर यि सम्भावनाहरुको प्याकेजिङ गर्न कामहरु हुन सकेका छैनन् । कतै पूर्वाधार छैनन त कतै प्रचारको अभाव रहेको छ ।
प्रकृतिले दिएको उपहार, सास्कृतीक सरचनाहरु, परम्परा, धार्मिक महत्व हाम्रो पर्यटन विकाका सम्भावना भएका क्षेत्रहरुको रुपमा रहेका छन् । विविधताले हामीलाई धनि बनाएको छ । हिमाली आर्कषण, पहाडी सुन्दर श्रृखाला, तराईका फाटिलाबस्तीहरु हाम्रालागि महत्वका पक्षहरु हुन । सरकारी योजनाहरु छन् तर विकासकालागि उत्तम योजनाको अभाव छ ।
सामुदायिक र नीजि क्षेत्रबाट केहि पहल भएका छन् । सरकारी लगानी भएका योजनाहरुबाट कतिको प्रतिफल हासिल भएको छ भन्ने कुराको आकलन हुन आवश्यक छ । जतापनि पर्यटन विकास नाममा टावर, विसौनी, मुर्ती बनाउने काम भएका छन् तर योजनबद्ध पहल हुन सकेको देखिदैन ।
प्रदेश सरकारले देश घुम्नकालागि कर्मचारीलाई केहि बजेट व्यवस्था गरेको छ । अव स्थानिय सरकार तथा प्रदेश सरकारले नागरिकलाई घुम्नकालागि प्रोत्साह गर्नु पर्छ । देश चिनाउने तथा पर्यटकिय विकासमा जोड दिन आवश्यक छ ।
सुरक्षीत गन्तव्य, पूर्वाधार र सुविधाको वृद्धि, विभिन्न सरचनाको निर्माण तथा प्राकृतिक अवस्थाको सरक्षणमा जोड दिनु पर्छ । पर्यटकलाई आनन्द तथा आत्मीयताको आवश्यकता पर्न जान्छ ।
हामिले आर्गनीक उत्पादनलाई प्रवद्र्धन तथा विकासमा जोड दिनु पर्छ । पर्यटन क्षेत्रको विकासका लागि सरकारी तथा नीजि क्षेत्रको विशेष पहल आवश्यक छ । तर दिर्घकालीन योजना बनाएर अघि बढ्न सकिएन भने अझैपनि पर्यटनकोविकास हुन सक्दैन । पर्यटन हाम्रो आर्थिक समृद्धिको महत्पूर्ण क्षेत्र हुने भएकाले पनि यसतर्फ विशेष ध्यान दिनु आवश्यक छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी