BSC FM live


छविराजबाट असुरक्षा भएको भन्दै प्रहरीमा पुगिन् नायिका शिल्पा


२५ असार,- नायिका शिल्पा पोखरेलले श्रीमानबाट घरेलु हिंसामा परेको भन्दै प्रहरीमा उजुरी गरेकी छिन्। नायिका पोखरेलले श्रीमान छविराज ओझाबाट आफू असुरक्षित रहेको भन्दै शान्ति सुरक्षा पाऊँ भन्दै उजुरी दिएको काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता  प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बताए। उनले भने, ‘हो शान्ति सुरक्षा माग गर्दै हामीलाई उजुरी गर्नुभएको छ हामीले दुवैलाई छलफलमा बोलाएका छौँ।’ अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि चलचित्र निर्माता ओझा अभिनेत्री पोखरेलसँग २०७३ सालको दसैंताका विवाह बन्धनमा बाँधिएका थिए। उनीहरू दुवैले विवाह गरेको तत्कालै स्वीकार नगरे पनि गत वर्ष मात्र उनीहरूले आफूहरूले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए। छविले शिल्पालाई ‘लज्जा’ चलचित्रबाट डेब्यु गराएका थिए। शिल्पाले त्यसपछि छविको ब्यानरमा निर्माण भएको ‘मंगलम’ तथा ‘हवल्दार सुन्तली’ मा अभिनय गरेकी थिइन्।
tahakhabar

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी