BSC FM live


मोएथाई प्रतियोगिता आजबाट


टुडे संवाददाता/ पाँचथर, २५ असार

पाँचथरको फिदिममा थाइलेण्डको राष्ट्रिय खेल मोएथाईको प्रदेश स्तरिय प्रतियोगिता आजबाट हुने भएको छ । मोएथाई एशोसिएसन अफ पाँचथरले दिएको जानकारी अनुसार प्रतियोगिता आज देखी २७ गते सम्म सञ्चालन हुने भएको छ ।
पाँचथरमा मात्रै करिव ३ सय खेलाडी रहेको अनुमान छ । मोएथाई नेपालमा नयाँ खेल हो । शारिरिक सुगठनसंग सम्बन्धीत यो प्रतियोगिता आयोजनाका लागि करिव २० लाख रुपैँया लागत अनुमान गरिएको एशोसिएसनका अध्यक्ष बिक्रम राइले जानकारी दिए ।
कुल लागत मध्ये १० लाख प्रदेश सरकारले सहयोग गरेको छ । बाँकी स्थानीय सहयोग कर्ता र प्रायोजकबाट संकलन गर्ने तयारी आयोजकको छ । प्रतियोगितामा १० टिमले भाग लिने मुख्य प्रशिक्षक रमा राइले जानकारी दिइन ।
प्रतियोगितामा बिभिन्न बिधाका नागरिकलाई सम्मान समेत गरिने भएको छ । जस अन्तरगत मोएथाई युवा प्रतिभा पुरस्कार गायीक प्रमिला राइलाई प्रदान गरिने भएको छ । त्यस्तै खेल क्षेत्रमा योगदान पुर्याए बापत महेन्द्रकुमार राइ, मानबहादुर राई, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बाबा म्यानाङबो, सचिव मात्रिका दाहाल लगायतलाई सम्मान गर्न लागिएको आयाजकले जानकारी दिएको छ ।
त्यस्तै बृद्धबृद्धाहरुमा गंगा भटराई, चन्द्रकला राई लगायतलाई सम्मान गर्न लागिएको छ । प्रतियोगिताको अवसरमा फिदिम बजारमा बृक्षारोपण, सुम्हात्लुङ मन्दिरमा दिप प्रज्वलन लगायतका काम पनि आयोजना गरिने भएको छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी