BSC FM live


कफी खेतीमा लगानी चाहियो


कफीको ब्यवसायीक उत्पादनका लागि पाँचथर जिल्ला उर्वर क्षेत्र मानिन्छ । जमिन मात्रै उर्वर भएर कफी बिकास हुँदैन । पहिलो बिषय लगानीको हो । लगानी अवस्यक मात्रामा पुर्याउन सके कुनै समस्या नहुने जानकारहरु बताउँछन ।
नेपाल सरकारले समेत यो क्षेत्रमा उत्पादन हुने कफीले बिश्व बजार लिन सक्ने अध्ययन गरिसकेको छ । यहाँको माटो हावापानीलाई ध्यानमा राखेर स्थानीय निकायहरुले कफी खेतीलाई वैकल्पिक आम्दानीको स्रोतको रुपमा स्थापीत गर्न सक्ने सम्मको अध्ययन तयार पारेको छ ।
जिल्लाको तुम्वेवा गाउँपालिकाले गाउँपालिकामा कफीलाई वैकल्पिक आम्दानीको स्रोतको रुपमा स्थापित गर्न आर्थिक वर्ष ०७५ र ०७६ मा २० लाख रुपैयाँ विनियोजन गरेर वेर्ना उत्पादन कार्य सुरु गरेको थियो । गाउँपालिकाले यो कार्यलाई चालु निरन्तरता दिने तयारी छ ।
गाउँपालिकाले कफी खेतीमार्फत समृद्धिको आधारशिला खडा गर्न महत्वपूर्ण क्षेत्रको रुपमा नितिगत निर्णय नै गरेर लगानीमा जुटेको उप प्रमुख धन साँवाले वताए । यस्तै जिल्लालको फिदिम नगरपालिका, याङवर, हिलिहाङ, मिक्लाजुङ, फालेलुङ, फाल्गुनन्द सहितका सवै स्थानीय निकायहरुमा कफी खेतीको सम्भावना प्रसस्तै रहेको अध्ययनको दाबी छ ।
कफी स्वस्थ्यका लागि समेत राम्रो भएको, नेपाली कफीको माग उच्च रहेको वजार समेत रहेकोले यसको सम्मभावना धेरै छ ।
नेपालको कफीको आन्तरीक र वाह्य रुपमा १५ हजार मेट्रीकटन माग भएपनि देशमा उत्पादित १५ सय मेट्रीक टन मध्ये ५ सय १३ मेट्रीक टन मात्र निर्यात भएकोे तथ्याङकले पनि कफीको वजार राम्रो भएको देखिन्छ । उत्पादीत अरु कफी आन्तरिक वजारमै खपत भएको पाइन्छ ।
नेपालवाट चालु आर्थिक वर्ष २०७५÷०७६ को ११ महिनामा ७३ हजार ८ सय केजी कफी जापान, अमेरिका लगायत बाहिरी मुलुकहरूमा निर्यात भएको थियो । त्यसबाट ८ करोड ६३ लाख रूपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । नेपालमा ६२ जिल्लाका ४ सय २४ स्थानीय निकायहरुमा कफी खेतीको सम्भावना छ । नेपालमा व्यावसायिक कफी खेती सर्वेक्षण २०७५÷०७६ मा ५० भन्दा बढी बोट रोपेर गरिने कफीको खेतीलाई व्यवसायिक कफी खेती मानिएको छ । सम्भावना भएका क्षेत्रमा लगानी भित्राउन स्थानीय सरकारले पनि सजगता अपनाउनु पर्ने देखिन्छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी