BSC FM live


को हुन् सागर ढकाल ?


२४ असार,- सगर ढकाल, अहिले नेपाली युवा क्रिकेटका ‘हट केक’ बनेका छन् । भर्खरै सकिएको एसीसी इस्टर्न रिजन प्रतियोगितामा उत्कृष्ट बलर बन्न सफल भए ।

हङकङलाई ६ विकेटले पराजित गर्दै लगातार च्याम्पियन बनेको नेपाल यु-१९ एसिया कपका लागि छनोट भएको छ ।

प्रतियोगिता अवधिभर उत्कृष्ट बलिङ गरेका सागरले ४ खेलमा १५ विकेट हात पारे । नेपालको उपाधि यात्रामा एक नायक बने ।

Image may contain: 2 people, people standing and outdoor

को हुन् सागर ढकाल ?

सगर ढकाल, काठमाडौंको ग्रेट हिमालयन क्रिकेट एकेडेमीका उत्पादन हुन् । चाबहिलको सिफलमा खेल्दै हुर्किएका उनी एकल रुपमा खेल जिताउन सामथ्र्य राख्छन् । एकेडेमीका सञ्चालक सुदिप शर्माले सागरको उत्कृष्ट प्रदर्शनको सधै चर्चा सुन्ने गरेका थिए । अनि उनैले आफ्नो एकेडेमीमा ल्याएर सागरलाई नियमित प्रशिक्षणमा हालेका थिए ।

एकेडेमीबाट सागरले ४ बर्षको अन्तरमा देश विदेशका विभिन्न प्रतियोगितामा सहभागी भए । खेलमा बिस्तारै निखार आउन थालेपछि उनी घरेलु प्रतियोगितामा जम्न थाले ।

विकेट लिने भन्दा डट बल फाल्न सागर माहिर छन् । उनको इकोनमी रेट निकै लोभ लाग्दो हुने गर्छ ।

सन् २०१९ को यु-१९ विश्वकप छनोटको तयारीमा रहेका नेपाल सहित भारत र अफगानिस्थानले मैत्रीपुर्ण सिरिज खेलेका थिए । भारतमा भएको सो सिरिजमा सागरले पहिलो पटक नेपाली टिममा स्थान बनाएका थिए ।

सिरिजमा सागरले उत्कृष्ट इकोनमीमा ५ खेलमा ३ विकेट हात पारे । लगत्तै उनलाई यु १९ राष्ट्रिय टोलीमा समाबेश गर्दै मलेसिया लगिएको थियो । प्रतियोगितामा ३ इनिङ्स बलिङ गरेका उनले २ दशमलब ८८ को इकोनमिमा २ विकेट हात पारेका थिए ।

पहिलो दुई प्रतियोगितामा खासै प्रदर्शन गर्न नसकेका उनी पछिल्लो पटक भने सबैको ध्यान आफुतर्फ खिच्न सफल भएका छन् ।

Image may contain: 1 person, smiling, playing a sport, standing, baseball and outdoor

घरेलु प्रतियोगितामा भने उनले सबै ठुला खाले प्रतियोगिता खेलिसकेका छन् ।

पहिलो पटक २०७५ को पीएम कपमा उनले प्रदेश ३ को प्रतिनिधित्व गरेका थिए । प्रतियोगितामा उनले ३ को इकोनमिमा ४ इनिङ्समा ३ विकेट हात पारेका थिए । सागरले नेपालमा भएका सबै खाले फ्रेन्चाईज लिग खेलेका छन् । पहिलो संस्करणको पोखरा प्रिमिएर लिगमा एक्स्पर्ट धनगढीबाट खेलेका उनले औसत प्रदर्शन गरेका थिए । उनले ३ खेलमा ६ दशमलब ९ को इकोनमीमा ३ विकेट हात पारेका थिए ।

यस्तै तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिगमा उनले चितवन टाइगर्सबाट खेलेका थिए । उनले ६ खेलमा ६ को इकोनमीमा बलिङ गर्दै ६ विकेट हात पारेका थिए ।

धनगडी प्रिमियर लिगमा भने सागरले उत्कृष्ट प्रदर्शन गरे । उनले ६ खेलमा ११ विकेट हात पारेका थिए । उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा चौथो नम्बरमा थिए ।

भर्खरै काठमाडौंमा सकिएको पीएम कपमा उनले नेपाल पुलिस क्लबबाट खेलेका थिए । च्याम्पियन बनेको पुलिसबाट सागरले ६ खेलमा २ दशमलब ६४ को इकोनमीमा ८ विकेट हात पारेका थिए ।

khelpati

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी