BSC FM live


यू–१९ क्रिकेट : मलेसियालाई हराउँदै नेपाल फाइनलमा


२३ असार,- नेपाल  एसीसी यू–१९ इस्टर्न रिजन पूर्वक्षेत्रीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो।  ८७ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नेपालको सुरवात रामो रहेन २० रनमा ओपन ब्याट्म्यान पवन सर्राफलाई गुमाएको नेपालको अर्को विकेट २९ रन बन्दा गुम्यो। रीत गौतम व्यत्तिगत ३ रनमा आउट भए। लगत्तै खड्कबहादुर बोहरालाई गुमाएको नेपालको पालीलाई भने भीम सार्की र कप्तान रोहितकुमार पौडेलेले उकासे दुवैले ६० रनको साझेदारी गरे। रोहित पौडल ३१ रनमा नटआउट रहँदा भीम सार्की ३३ रनमा अविजित रहे। मलेसियाका हैकल मोहम्मद खैरले २ तथा मोहम्मद अमिरले एक विकेट लिए।  यसअघि टस हारेर ब्‍याटिङ गरेको आयोजक मलेसियाले ४० दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो। मलेसियाका लागि सर्वाधिक २४ रन मोहम्मद अमिरले बनाए। त्यसबाहेक अन्य कुनै खेलाडीले उत्कृष्ट ब्‍याटिङ गर्न सकेनन्। मलेसियाको पालीलाई सस्तैमा समेटन सागर ढकालले तीन विकेट लिए भने कुशल मल्लको नाममा २ विकेट लिए। फाइनलमा नेपालले हङकङ र सिंगापुरको विजेतासँग खेल्नेछ।
tahakhabar

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी