BSC FM live


सम्भावना भएका क्षेत्रमा लगानी बढाउ


सम्पादकीय

पाँचथर जिल्ला पर्यटन, जलबिद्युत सहितका सम्भावना भएको क्षेत्र हो । जिल्लाको फालेलुङ गाउँपालिकाको सिदिन गाँउमा मात्रै सात ओटा लघु जलविद्युत् सञ्चालनमा छन् । विभिन्न संघ संस्थाको अनुदान सहयोग र स्थानीयको लगानीबाट सञ्चालन गरिएका लघु जलविद्युत्को विकासले यो गाँउ अँध्यारोबाट मुक्त भएको छ ।
उपभोक्ताहरुले विद्युतको चर्को महशुल पनि तिर्नु नपरेको सिद्ध देवी मावि सिदिनका प्रधानाध्यापक सुरेन्द्र केरुङले बताए । “टुकिको उज्यालोमा जिवन जिउने मानिसहरुको घरमा विजुली बलेको छ,” केरुङ भन्छन् “लघु जलविद्युत्को विकासले ग्रामिण बस्तिहरु झिलिमिली भएका छन् । गाँउका बस्तिहरुमा उज्यालो छाएको छ ।”
जिल्लाका आठ ओटा स्थानीय तहमध्ये डेढ दर्जन ग्रामिण बस्तिमा केन्द्रिय विद्युत् लाईन विस्तार गरिएको छ । बाँकी सबैजस्तो गाँउमा लघु जलविद्युत्को विकासले बस्तिहरु झिलिमिली बनेका हुन् । स्थानीयकै सक्रियताले ग्रामिण क्षेत्रमा जताततै जलविद्युत्को विकास भएको हो । “नजिकैको गाविसमा झिलिमिली विजुली बलेपछि अर्को गाविसका स्थानीयले पनि विद्युतिकरणको पहल सुरु गर्छन्,” प्राङबुङका स्थानीय भरत खपाङ्गीले भने “यो गाँउमा मात्रै चार ओटा लघु जलविद्युत् सञ्चालनमा छन् , यसले बस्ति उज्यालो बनेको छ ।” विजुली बाल्ने स्थानीयको प्रतिस्पर्धाले गाँउमा लघु जलबिद्युतको तिब्र रुपमा विकास भएको हो ।
जलबिद्युत, पर्यटन, कृषि लगायतका यस्ता क्षेत्र अझै सरकारी नजरमा पर्न सकिरहेका छैनन । ती क्षेत्रलाई राज्यले उपेक्षा नै गरेको अवस्था छ । संघीय सरकारको नजर पर्न नसकेका क्षेत्रमा स्थानीय सरकारले ध्यान दिन जरुरी छ । हामीलाई रातारात चाहीएको परिवर्तनले सहि गन्तब्यमा नपुर्याउन पनि सक्छ । हामीमा निरन्तरको प्रयास कायम हुन जरुरी छ । तव मात्रै उदेश्य पुर्ती हुने देखिन्छ ।
यो बिद्युतबाट भएको परिवर्तनको एउटा नमुना मात्रै हो । हामीले सम्भवना भएका यस्ता क्षेत्रलाई बेलैमा चिन्ने हो भने भविस्यमा त्यसैबाट आर्थिक समृद्धी हाँसिल हुन सक्छ । त्यस तर्फ ध्यान दिने हो की ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी