BSC FM live


काम भन्दा हल्ला बढी



केही सातायता नेकपामा एउटा बहस चलेको छ– नेकपाको गर्भाधान हुने क्रममा त्यसका एक्स र वाई क्रोमोजोमको मिलानको समयमा एउटाले अर्कालाई झुक्याएको अर्थ लाग्ने गरी उठेको नेकपाको सिद्धान्तको विषयमा । पार्टीका एकथरी नेता भन्दै छन– जनताको बहुदलीय जनवाद नभएको नेकपा नेकपा नै हुन सक्दैन, विजातीय बन्छ, त्यतिवेला झुक्किएर त्यस्तो लेखिएछ । अर्काथरी भन्दै छन– के त्यसो भए जनताको जनवाद मान्छु भन्दै आफूलाई खाँचो परेको वेला हामीलाई झुक्याइएको हो ?
कि जनताको जनवाद भनेको पनि जबज नै हो भनेर आमकार्यकर्तालाई झुक्याउन नसकेपछि अब फेरि आफैँ झुक्किएर त्यस्तो लेख्न पुगेको भन्ने प्रचार गर्न नयाँ बखेडा झिकिएको हो ? पार्टीका दुई अध्यक्ष आआफ्ना जर्नेलसहित यो झुक्किने र झुक्याउने खेलमा भिडिरहेका वेला यता नेकपाको सरकार धेरै विषयमा झुक्किने र झुक्याउने खेलमा लागेको आशंका बिस्तारै बढ्दै गएको छ । र, आममतदाताले आफू नेकपालाई मत दिएर झुक्किएको महसुस गरेको दिन यसको हविगत के हुने हो भन्ने प्रश्न उठ्न थालेको छ । प्रसंग, कवि संगीतश्रोताको गिरफ्तारीको हो ।

यसै पनि देशमा गैरन्यायिक हत्या भनेर राजनीतिक कलेवरमा व्याख्या गरिने दोहोरो भिडन्त भई नै रहेको छ । हालै एकजना विप्लव पार्टीका विप्लवी कुमार पौडेलको मृत्युबारेका चर्चामा उनको दोहोरो मुठभेडका नाममा समातेरै हत्या गरिएको थियो भन्ने मत बलियो हुँदै गएको छ ।
विप्लवी र यताउता बमसम पड्काउँदै कहिले मार्दै कहिले मर्दै हिँड्ने भएकाले विप्लवका कार्यकर्ता मारिँदा सहानुभूति कम पाए पनि गैरन्यायिक हत्याको शृंखला बढ्दै गयो र वेलैमा खबरदारी गरिएन भने राज्यको मनपरी बढ्ने र पछि हरकोही निर्दोष नागरिक सिकार हुन सक्ने भय बढेकै छ । बुधबार यस्तै भयग्रस्त तर आलोचनात्मक चेत भएका नागरिकको एउटा समूहले गैरन्यायिक हत्याका विपक्षमा एउटा बहस कार्यक्रम गरेका थिए ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी