BSC FM live


चिलीलाई अर्जेन्टिनाले हरायो, मेसीले पाए रेड कार्ड


२२ असार,- अर्जेन्टिना  कोपा अमेरिका फुटबलमा तेस्रो भएको छ।  तेस्रो स्थानको लागि  भएको खेलमा चिलीलाई २–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गरेको हो। खेलमा सर्जियो अगुएरो र पाउलो डिबालाको गोल गदै अर्जेन्टिनालाई जीत दिलाए।  चिलीका अर्टुरो भिदालले एक गोल फर्काए । चिलीविरुद्ध अर्जेन्टिनाले खेलको १२ औं मिनेटमा अग्युरोको गोलबाट अग्रता बनाएको थियो। खेलको २२ औं मिनेटमा डिबलाले गोल गरेपछि अर्जेन्टिना २–० ले  अग्रता लियो।  तर, खेलको पहिलो हाफमै दुवै टोली १० खेलाडीमा समेटियो। खेलको ३७ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र चिलीका गारी मेडेलले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा समेटिएको हो। मेस्सी र मेडेल एक अर्काविरुद्ध मैदानमा झगडा गरेपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाएका थिए। त्यसपछि खेलको दोस्रो हाफमा चिलीले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन्। खेलको ५९ औं मिनेटमा भिदालले पेनाल्टीमा गोल गरेपनि अर्जेन्टिना २–१ ले विजयी भयो।
tahakhabar

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी