BSC FM live


नाटकमा म अनाटक


सगुन सुसारा
नाटक भनेको के हो ? त्यो नै थाहा नभइ मैले लेखेको विधा हो नाटक । साहित्यिक विधाको एक विधा हो भन्ने पनि थाहा नभएकै हो । अर्थात नेपाली साहित्य लेख्ने क्रममा मैले कुनै पनि साहित्यिक विधाको जानकारी नपाई नै लेख्न थालेको हुँ । यसको मेसोमा मैले गजल भनेर झण्डै आठ सय जति लेखें । तर पछि त्यो विधाको ज्ञान हुँदा त ती सबै फजल पो रहेछन् । म आफैं झसङ्ग भएको छु । आज पनि पहिला लेखेको नाटकका बारेमा हेर्ने प्रयास गर्दैछु । नाटक भए कि भएनन् ? जान्ने प्रयास गर्दैछुु । नाटक प्रकाशित नभएकाले पाठकलाई पुरै खुट्याउने जिम्मा दिन सकिन । यो मेरो दुर्भाग्य हो ।
नाटक लेखनको बारेमा पनि एउटा रमाइलो प्रसङ्ग छ । म र गाउँको साथी (अहिले सालो) मण्डल साम्पाङ हामीसँगै दशौं कक्षामा पढ्थ्यौं । तर मैले पछि पढाई छाडेँ । त्यो मेरो बाध्यता थियो । त्यही समयमा उसले (मण्डलले) एउटा नाटक लेखेछन् । र त्यो दशौं कक्षाको विदाई कार्यक्रममा मञ्चन भएछ, गराएछन् । त्यो कार्यक्रममा म उपस्थित हुन सकिन र मरो दुर्भाग्य उनको त्यो नाटक पनि हेर्न पाइन । तै पनि हामी गाउँमा सँगै कामहरु गथ्र्यौं । तिहारको बेला देउसी नाच घुमाउने योजना बन्यो । गाउँको समूहको अध्यक्ष मण्डल थियो भने सचिव म । त्यही समूहको काममा दिनहुँ भेट हुने गथ्र्यो । त्यही बेला मण्डल भन्ने गथ्र्यो ‘त्यो नाटकमा बि.ए. पढ्नेहरुले बोल्ने डाइलग राखेको थिएँ ।’ म अवाक हुन्थेँ । कसरी बि.ए. पढ्नेले बोल्ने डाइलग राख्यो ? उसलाई त्यस्तो ज्ञान कहाँबाट आयो ? किनभने शिक्षामा उ म भन्दा कमजोर थियो भन्ने मलाई लाग्थ्यो । कक्षामा पनि पछि नै पथ्र्यो । तथापि माथिका डाइलगले घोची रह्यो । र पछि मैले पनि नाटक लेखेँ । ती नाटकहरु यस्ता छन् ।
१) गरीबको चित्कार २) टुक्रिएको सपना ३) मतिभ्रष्ट ४) शत्रु को ? ५) स्वार्थ
२०५३ सालमा म नवौं कक्षामा पुनः भर्ना भएर पढ्न थालेँ । त्यही समय किरण लिम्बू, रामकाजी राई र म लगायतको तीन जनाको टोलीले एउटा नाटक लेख्ने सल्लाह गरियो । त्यसमा पनि सात वा आठ भागको नाटक बनाउने सल्लाह भयो । त्यस अनुरुप मैले नाटकको शुरु लेख्ने र किरणले बीच भाग र अन्त्य रामकाजीले लेख्ने तय भयो । सबभन्दा पहिले नाटकको शिर्षक के रहने भन्नेमा मेरो प्रस्ताव ‘गरीबको चित्कार’ पारित भयो । अनि मैले गरीबको चित्कारको दुई भाग लेखेँ र किरणलाई बुझाएँ । उसले पनि तीन भाग लेखि सक्यो र रामकाजीलाई बुझायो । तर उसले किन हो लेख्न सकेन । अर्थात नाटक पुरा गर्न सकेन । अनि बाँकी भाग पनि मैले नै लेखेँ । अनि हामी नाटक मञ्चनका लागि रिहर्सल गर्न लाग्यौं । निर्देशन म र किरण मिलेर थाल्यौं । अभिनयको भाग मेरो थियो भने फाइटको भाग किरणको थियो ।
नाटक मञ्चन हुने दिन नजिकिँदै थियो । हर्क राईलाई पोस्टर बनाउन लायौं । पोस्टर के भनौं ? उसको अक्षरलाई डबल पारेर लेख्ने ज्यादै सुन्दर कला थियो । उसले निःशुल्क दश वटा पोस्टर पनि बनाई दियो अक्षरको । यो नाटक दुर्गा मा.वि. को प्राङ्गणमा मञ्चन गर्ने कुरा पोस्टरमा सुचित गरिएको थियो । त्यो किरणले कता कता पठाउने जिम्मा लियो । अनि नाटक मञ्चनको दिन आयो । मञ्च व्यवस्थापन ग¥यौं तर पानी परेर हुनसम्म भयो । लु नाटक हेर्न कोही पनि नआउला, हाम्रो प्रयास बेकार हुने भो लागेको थियो । जब १२ बज्यो । ओहो ! दशर्क त कति हो कति ? हामीलाई थामी सक्नु भएन । साकफारा, लिम्बा, बाँझो, कुरुम्बा, आरुबोटे, इभाङ, फुएतप्पा, आमचोक, सराङडाडा, वलने हाङ्गुमबाट पनि दर्शकहरु आएका थिए । सायद यो पोस्टरको करामत थियो । नाम मात्रको पोस्टरको करामत । एक पटक मञ्चन ग¥यौं । पहिलो मञ्चन सफल भयो । फेरि अर्को शो भन्न थाले । दर्शकको इच्छा पुरा भएन । अनि फेरि दोस्रो सो पनि ग¥यौं । दोस्रो सो गर्दा हाम्रा कलाकारका लुगा सबै भिजिसकेका थिए । सायद नाटक निःशुल्क भएर पनि दर्शकको यस्तो घुइँचो लागेको हुन सक्छ ।
नाटकले गरीब परिवारको एउटी छात्रा पढ्दै कसरी प्रगति गर्दै जान्छे । र त्यही प्रगतिमा डाह गर्न पुग्छन् भन्ने मूल सन्देश थियो । अर्थात जाली, फटाहाहरुले सोझा सिधा मानिसलाई कसरी फसाउँछन् भन्ने मुख्य बिषय वस्तु थियो नाटकको । मेरो जीवनको पहिलो नाटक नै यस्तो सफल भएपछि नै वास्तवमा म नाटक लेखनमा बढी लाग्न थालेँ । तर त्यो उत्साह माध्यमिक तहको पढाईसम्म मात्र रह्यो ।
२०५४ सालमा अर्को नाटक टुक्रिएको सपना मञ्चन गर्ने मनसाय बनाएँ । त्यसका लागि गाउँका भाइ बहिनीहरुले भरपुर साथ दिए । बिशेष गरी मञ्च बनाउने बेला बहिनीहरुले काठ, बाँस बोकेको मेरो आँखामा आजै जस्तो झलझली आइरहेको छ । उनीहरुको उत्साह कम रोचक थिएन । नाटक कसरी सफल पार्ने भन्ने ठूलो चिन्ता थियो । यो नाटक रबि आठमा (आफ्नै गाउँमा) मञ्चन गर्ने निर्णय भएको थियो । यो नाटक हेर्न पनि दुर्दिम्बा, लिम्बा, आरुबोटे, वलने, हाङ्गुम, सराङडाडाबाट आएका थिए । यसमा पनि दर्शकको ठूलो घुइँचो लागेको थियो । नाटकलाई खुब मन पराए । यस नाटकले गाउँका केही मानिसलाई प्रभाव पारेछ । ती मानिसहरु मप्रति नकारात्मक धारणा बनाउन थालेको बुझेँ ।
नाटकमा गरीब परिवारको छोरा छोरीले देखेको सपना गाउँका केही जाली, फटाहाले पुरा हुन नदिएको कुरालाई बिशेष गरी मुख्य बिषयवस्तु थियो । अर्थात गाउँका शोषकहरुप्रतिको तिखो व्यङग्य थियो । जुन उद्देश्यले नाटक लेखेको थिएँ त्यो पुरा भएको थियो । जुन लक्ष्यका साथ प्रस्तुत भएको थियो त्यो नाटक वास्तवमा त्यसले लक्ष्य भेटेको थियो । गाउँका सोझा, सिधालाई कज्याउनेहरु त्यसपछि त मप्रति पुरै नकारात्मक बने । अब मैले गफ गर्ने बाटो पाएँ । नाटकका संवादहरु केटाकेटीले पछि एक बर्षसम्म पनि एक अर्कामा प्रस्ततु गर्थे । त्यो केटाकेटीको अभिनय हेरेर म मुस्कुराउथेँ । यो प्रभाव हो भन्ने लाग्थ्यो ।
आज नाटकका बारेमा पढ्दैछु । नाटक के हो ? त्यो बारेमा आज चर्चा गर्दिन तर यसका तत्वहरुका बारेमा जानकारी गराउँछु । १) कथावस्तु २) पात्र ३) संवाद ४) भाषा–शैली ५) वातावरण ६) उद्देश्य ।
यी मध्ये पनि आज संवाद बिनाको नाटक पनि मञ्चन भइरहेका छन् । संवाद बिनाको पनि नाटक हुन सक्छ । र नाटक मुख्य गरी दुई प्रकारको हुने गर्दछ ।
१) सुखान्त नाटक —संस्कृतमा सुखान्त नाटकको प्रादुर्भाव भएको पाइन्छ । २) दुःखान्त नाटक —ग्रीसमा दुखान्त नाटकको उद्भव र समुचित विकास भएको पाइन्छ । यसरी नाटकको विकास हुन पनि बिभिन्न कारणहरु छन् ।
यो हिसाबले हेर्दा माथिका मेरा मञ्चित नाटकहरु दुबै दुःखान्त नाटक थिए । कथावस्तु ग्रामिण परिवेशको नै थियो । अर्थात आफ्नै वरिपरिका थिए । पात्र त्यही कथा सुहाउँदो बनाउनै प¥यो । एकप्रकारले नायक, नायीका, खलनायक, सहायक पात्र अर्थात अभिनेता, अभिनेत्री त थिए । संवादमा भने केही फिल्मी शैलीलाई समावेश गरेको रहेछु । भाषा—शैली सामान्य छ । अर्थात गाउँले परिवेशको छ । वातावरण ग्रामिण परिवेश हो । उद्देश्य चाँही सामाजिक चेतना प्रवाह गर्नु हो ।
२०५५ सालमा श्रीजङ्ग राईको भाइटीका नाटकलाई पनि रबि आठमा मञ्चनका लागि निर्देशन गरेपछि मेरो नाटक निर्देशन, लेखनको यात्रा आज २०७६ सम्म आई पुग्दा विश्राम लिएको छ । अध्ययन, समीक्षा र टिप्पणी भने जारी रहेको छ । आज आएर माथिका नाटकहरुलाई संकलन गरेर सुसाराका नाटकहरु भन्ने सङ्ग्रह बनाएको छु । र अर्को कुरा गरीबको चित्कारलाई पनि आफ्नै बनाउन खोजेको कारण चाँही कथावस्तु र नामाकरण मेरै रहेकाले हो । यत्ति भएपछि नाटकका बारेमा मेरा कुराहरु पनि नाजायज नहोलान् भन्ने ठानेको छु । र यो लेखको अभिप्राय पाँचथरे नाटक लेखनको अभिलेखनका लागि मात्र हो । खासमा पाँचथरको नाटकको इतिहास लेखन त्यति सजिलो छैन । प्रत्येक गाउँ, प्रत्येक टोलमा नाटकहरु मञ्चन भएका छन् । तीनीहरुको अभिलेख राख्न निकै गा¥हो छ । तथापि खोजलाई निरन्तरता दिने हो भने यो काम असम्भव पनि होइन । पहिलो कुरा इच्छा शक्ति चाहियो । दस्तावेजीकरण सबैले गर्दै लग्यौं भने पक्कै पनि इतिहास सुन्दर बन्ने छ र हामीले हाम्रा अनुहार देख्न पाउने छौं नत्र कुनै गर्तमा भासिएर जानेछ । यसका लागि पहिलो पाइला चाल्नै पर्छ । इति ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी