BSC FM live


गजल


बिष्णुप्रसाद आचार्य

मुहानदेखि सुरू हुन्छ कुराको चुहान यस्तै हो
एक कान दुई कान हुँदै पुग्छ मैदान यस्तै हो

आ–आफूलाई लागेको मात्र सत्य ठानी दिँदा
तथ्य छिप्छ, हल्लैले हुन्छ बदनाम यस्तै हो

एकोहोरो तानिमात्र रहे चुँडिन्छ रवर पनि
छोड्यो–कस्यो,कस्यो–छोड्यो लगाम यस्तै हो

मुख्य कुरो मन र मुटु सन्तुलनमा चल्नुपर्यो
बाहिर देखिने घाउ–खत र नीलडाम यस्तै हो

लाइन लाग्नेले कहिल्यै तक्मा भिर्न पाएनन्
लाम लगाउनेकै पछि लाग्छ सलाम यस्तै हो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी