BSC FM live


झुटो माया


 

अरुन भण्डारी

 

बिना कारण बाटो किन मोड्यौ तिमीले
मुटुभित्र बसि साथ किन छाड्यौ तिमीले

तिमी मेरो जिन्दगी भन्थ्यौ तिमी नै सबथोक
झुटो नाता म सँग किन जोड्यौ तिमीले

मनमुटुमा सजाए तिमलाई माया नै माया दिए
पथ्थर ले हिर्काई मेरो मन किन तोड्यौ तिमीले

हाम्रो नाता जल जस्तै कति पवित्र थियो
यति हुँदाहुँदै अन्तै नाता किन जोड्यौ तिमीले

मैले रोपेको सुन्दर फूल कुल्चिएर गयौ
अर्कैको फूलबारीको फूल किन गोड्यौ तिमीले

जुनी जुनी साथ दिने दुई मुटुको वाचा थियो
सिसासरि मेरो मन किन फोड्यौ तिमीले

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी