BSC FM live


अंग्रेजी आफैमा समस्या हैन



पछिल्लो समय सामुदायीक बिद्यालयमा अपनाइदै आएको अंग्रेजी शिक्षालाई समस्या मान्न थालिएको छ । बिश्वब्यापी भाषाका रुमा बिकास हुँदै आएको अंग्रेजी भाषा आफैमा समस्या हैन ।
एउटा उदाहरण हेरौ–शिक्षा पत्रकार समुहको अन्तर्कृया कार्यक्रममा बोल्दै मोरङ्की एक शिक्षिकाले सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यम दाइने गोरु देब्रे नारे जस्तै भएको बताइन । संविधानले बहुभाषिक, बहु सास्कृतिको कुरा गरे पनि लागू गर्न नसकेको भन्दै विद्यार्थीले जानीनजानी अंग्रेजी बोल्नु पर्ने बाध्यता छ ।
शिक्षकलाई अङ्ग्रेजी माध्यम न निल्नु न उकाल्नु जस्तै बनेको छ । पढाउ त शिक्षक तालिम नै छैन न पढाउन अनिवार्य । जसरी दाइने गोरु देब्रे नारदा मेलो लाग्न कठिन हुन्छ अहिले शिक्षक विद्यार्थीलाई त्यस्तै भएको छ । दाहिले पाटो मा जोत्दै गरेको गोरुलाइ देब्रे लगाउदा जसरी मेलो नलागेर चारैतिर दौडन्छ त्यस्तै भएको उहाँबताउनु हुन्छ । अङ्ग्रेजी माध्यमलाई अनिवार्य बनाउनु भनेको नराम्रो विषय हैन तर शिक्षकलाई पनि तालिमको आवश्यक पर्छ । तर यहाँ त तालिम नै नदि राता रात अङ्ग्रेजी माध्यम ल्याइयो न त हाँशको चाल भो न त रुपिको चालजस्तै भयो अङ्ग्रेजी माध्यम पढ्न र पढाउन बाध्यता बनाइयो नत अङ्ग्रेजी राम्रो पढ्ने भए विद्यार्थी ले नत नेपाली नै, कतिपय बिद्यालयमा त नेपाली बोल्न नै निषेध गरिएको छ ।
निशेध मसाधान होइन । समधानका लागि ब्यवस्थापन जरुरी छ । बिद्यालयमा अंग्रेजी अनिवार्य गर्दै अरु भाषा निशेध समस्याको समाधान भन्दापनि बिजारोपण जस्तो बन्दै आएको छ । अंग्रेजी भाषाको मोहले भोली सामुदायीक बिद्यालयमा समाधान नल्याउला भन्न सकिन्न ।
बिद्यालयमा हुने यस्ता गतिबिधिलाई ब्यवस्थित गर्न बिद्यालय एक्लै दौडिएर संभव छैन । सबैका सबैखाले बिषयबस्तु लिनु अहिलेको अवस्याकता हो ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी