BSC FM live


समृद्ध फिदिमको अभियानमा नगरपालिका,प्राथमिकतामा ठुला योजना


 

पाँचथरको सदरमुकाम समेत रहेको फिदिम नगरपालिकाको आगमी आर्थिक बर्षको बजेट ठुला योजना प्राथमिकतामा परेका छन । नगर प्रमुख ओनहाङ नेम्बाङले ठुला योजनाले नै नागरिकको जिवनस्तरमा बास्तबिक परिवर्तन ल्याउने बताए ।

ठुला योजना मध्ये नगरपालिका भित्रको चक्रपथ निर्माण नगरको ‘ड्रिम प्रोजेक्ट’ भएको नगर प्रमुख नेम्बाङले बताए । करिव ४ करोड रकम म्याचिङ फण्डमा रहने ब्यवस्था मिलाएका छौ । त्यसबाट हाम्रो ठुला योजना बनाउने लक्ष्यमा सहयोग पुग्नेछ । नगर प्रमुख नेम्बाङले भने–हामीले गरेको काम दिर्घकालिन हुनु परो ।
ठुला योजना भित्र नगरले तय गरेका शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा लगानी गर्ने छ । शैक्षिक गुणस्तरको सुधारका लागि स्वयम सेवक ब्यवस्थापनमा पनि नगरपालिकाले काम गरिरहेको छ । अघिल्लो आर्थिक बर्षमा तय गरिएको पारिश्रमीक पनि आगामी आर्थिक बर्षबाट बृद्धि गरेर तह हेरेर १० हजार, १२ हजार र १५ हजार पुर्र्याइएको छ ।
फिदिम नगरपालिका क्षेत्र भित्र बजार क्षेत्र मात्रै छैन । नगरका अधिकांस क्षेत्र ग्रामिण छन । ति क्षेत्रमा बर्ष भरी नै सवारी साधन पुर्याउने जिम्मा नगरपालिकाले लिएको छ । सोही अनुसार काम भइरहेको नगर स्रोतले बतायो । नगरपालिकाका सबै वडा समेटेर बन्ने चक्रपथले ति समस्याको समाधान गर्ने बताइन्छ ।
फिदिम बजार भित्रको ठाडो बाटोको स्तर उन्नतिका लागि पनि यो बर्ष काम हुने भएको छ । प्रदेश सरकार सहितको सहयोगमा काम अगाडी बढाईने छ । त्यस बाहेकका नगर क्षेत्रका ठुला आयोजनाहरुको प्राथमिकताका साथ काम गर्दै साना आयोजनालाई पनि अगाडी बढाउनु पर्ने प्रमुख नेम्बाङको भनाई रहेको छ । फिदिम नगरपालिकाको चौतर्फी बिकास आधुनिक फिदिम निर्माणको पहिलो खुड्कीलो हो । त्यसैको प्राप्तीका लागि अहिले काम गरिरहेको छ । नगरपालिकाको टिम यही कार्यका लागि क्रियाशिल देखिएको छ । बिबिध समस्याका बावजुत पनि नगरपालिकाले सिमित स्रोत साधनको अधिकतम प्रयोग गर्दै काम गरिरहेको छ । सिमित कर्मचारी, तत्काल नतिजा दिनु पर्ने अवस्थाका कारण केही समस्या आएका छन ।

नगर प्रमुख नेम्बाङसंग गरिएको बिस्तृत कुराकानी :

आर्थिक वर्ष २०७६÷७७ को बजेटको प्राथमिकताके के हो ?

दुई वर्षको अुनभवले केहीसानातीना योजनामाप्राथमिकतामागइयोकीभन्ने देखाउँछ । अव साना योजनालाई मात्रै लिने अवस्था रहँदैन । आगमीवर्ष एकठोस काम गर्ने भन्ने नगरपालिकाको मनसायछ । त्यसै अनुसार वडाहरुलाई केही रकम बजेटको रुपमाथपदिने निर्णय भयो । पाँचवटावडाले विज्ञप्तीनिकालेपछिकार्यपालिकाको वैठक बसेर फेरी पहिले दिएको बजेट भन्दा दस–दस लाखथपेर कार्य अगाडीबढाइयो ।
यस वर्ष नगरपालिकाको उद्येश्य के छ भने पाँचवटावडामाअस्थयीवाटोहरु मात्रपुगेका छनजुनबर्षातको समयमानियमीत रुपले चल्दैनन् । त्यस ठाँउको बाटोहरु स्तर उन्नती गरेर नालिबनाउने सम्मको व्यावस्था गरीयो भने राम्रो हुन्छभन्ने सोच हामीले बनाएकाछांै ।हामीले गतवर्ष बाटोमा केहीबडीकाम गरेका थियौं । अव स्तरउन्नतीकालागिकामहुन्छ ।

सोनायोजनाभन्दाबृहत योजनालाई प्राथमिकतादिएको हो ?

हामीे सोचेको पनियस्तै नै हो ।हामीले गर्न पनिखोजेका हौँ ।साना योजनाहरुलाई सक्दै ठुला योजनाहरुलाई अघिबढाउने हाम्रो उदेश्य छ । त्यसकालागिनगरमा कोष स्थापना गर्नका लागि चार करोड रकम राखिएको छ ।

फिदिमनगरपालिकाको चक्रपथ के कस्तो अवस्थामा छ ?

यो काम सुरु भईसक्यो ट्रायाकपनिबनाईसकियो । हामीले भन्नु पर्दा एकनम्बर देखी नौ नम्बर सम्म हुदै फिदिमबजार आइपुक्ने चक्रपथको ट्रायाकखन्ने काम सकिएको छ ।हामीनिर्माणभएकाबाटको स्तर उन्नती गर्न वडाकार्यलयमा पुराउने योजनामा रहेका छांै ।सोहीअनुसारको कामहुँदैछ ।

शिक्षाको विकासमा के कस्तो भुमिका खेलेको छ ?

सिधै शिक्षकनियुक्ती गर्ने अधिकार हामीमा छैन । हालकरारमा शिक्षकनियुक्तीगर्न पनिहामीलाई अधिकार छैन । सिंहदरबारको अधिकार गाँउगााउमात भनियो तर भने अनुसारको हुन सकिरहेको छैन । हामीले अघिल्लो वर्षकरिव ३५ लाखरकमशिक्षकब्यवस्थापनमाखर्च गरियो ।

स्थानियतहले नयाँ सहरको बिकासमाके कस्तो भुमिका खेल्दैछ ?

पहिले नगर विकास समितीभनेर छुट्टै थियो ।अहिले नगर विकास समितीनगरपालीकको मतहतमा रेहेर काम गर्ने परिपाटी सुरु भएको छ । त्यसमाहामिले त्यहाँको नियमनीतिअनुसार केहीकर्मचारीहरुमनोनित गर्ने प्रावधानपनि रहेको छ। दिनमादुई पल्ट सहरी बिकास आयोजना संग हाम्रो भेटघाटपनिहुन्छ ।हामी सहकार्य गर्ने कामपनि गरिरहेका छांै ।
नयाँ संघियताअनुरुपहाम्रो १४ वटावडा रहेका छन् । फिदिमचक्रपथनिर्माणवडा न ५ मा अहिले नभएपनिअर्काे वर्ष जोडीने हो । वडा नं ४ फेरी पुछार बाटफल्गुनन्दगाँउपालिकाजाने बाटोमा प्रदेशले ३४ करोड जती रकमदिएको छ । बजारको विचमाप्रहरी कार्यलय तथाशनिबारे सम्म जाने बाटोमा कामभइरहेको छ ।नयाँ सहर आयोजना संगै जोडिएर अहिले सम्म आईपुग्दा धेरै कामहरु भएकाछन। त्यो हामी सबै फिदिमबासीकालागि राम्रो कुरा हो ।

नगरको विकासको लागिफिदिमबासीले के सहयोग गरेमा सहजहुन्छ?

मध्यपहाडी(पुस्पलाल) लोकमार्ग निर्माणको कारणले गर्दा फिदिमनगरपालिकायो सहरमा परेको हो । यहाँहरुले देख्नुभएको कुरा के छ भने बजार व्यावस्थापन देखीलिएर सडकलाई व्यावथितबनाउने अहिलेको सबारी साधनहरुको बडदो चापघटाउनको लागिहामीले बसपार्क निर्माण पुरा गरेका छौं ।
मेरो बिनम्रताका साथ अनुरोध के छ भने फिदिमवडानम्बर १ त्यसमापनिफिदिमबजार भित्र रहेका सवारी धनिहरुले यो कार्यमा थप सहयोग गरिदिनु परो । बसपार्क भनेको फिदिमबजारको सौन्दर्य पनिहो । बिगतमात्यो तहको सहमतीजुटेको भएअहिले हामीअभ्यस्तभइसक्ने थियौ ।अगामीदिनमा सवैलाई समेटेर बसपार्कलाई नियमित संञ्चालन गर्न सकियो भने सहजहुन्छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी