BSC FM live


खडेरीले शत्यनाश


टुडे संवाददाता/ पाँचथर, २० असार
मध्य असारमा पानीपर्नुको साट्टो चर्को खडेरीले किसानहरु मारमा परेका छन् । धमाधम धान रोपाई गर्ने समय भएपनि खडेरीले खेत बाझै छन् भने मकै, अलैची, अदुवा, गोलभेडा, खुसार्नी लगायतका वालीहरु सुकेर सोत्तर हुन थालेका छन् ।
पानी पर्ने छाट नहुँदा रोपाई एकदमै न्यूनमात्र भएको छ । पहाडी जिल्लामा जेठ अन्तिमदेखि रोपाई सुरु हुने भएपनि सिचाईको अभावमा रोपाई हुन नसकेको हो । असारको पहिलो सातामा पूर्वी पहाडी जिल्लाका किसानहरु धान रोप्न व्यस्थ हुन्थे । विगत बर्षयमा यतिवेला ३५ प्रतिशतको हारहारीमा रोपाई हुन्थ्यो । तर चर्को खडेरीका कारण किसानहरुले धान रोप्ने काम अघि बढाउन सकिरहेका छैनन् । सिचाई कुलोको राम्रो प्रबन्ध भएका बाहेकका असार पहिलो हप्ता रोपाईहुने खेतहरु यतिबेलासम्म बाझै रहेका छन् । कृषि ज्ञान केन्द्र पाँचथरले संकलन गरेको तथ्याङ्क अनुसार हालसम्म पाँचथरकमा १० प्रतिशतको हारहारीमा मात्र रोपाई भएको छ ।
‘रोपाई हुन सकिरहेको छैन । खडेरीले लगाइएका खेतीबाली सुके । मकै सोत्तर हुने अवस्थामा छ’ राष्ट्रिय कृषक समुह महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेलले भने ‘खडेरीले हामि किसानलाई शत्यनाश बनायो ।’ जिल्लाका फिदिम, याङवरक, हिलिहाङ, फाल्गुनन्द, मिक्लाजुङ, फालेलुङ लगायका स्थानीय तहमा यतिबेला धमाधम रोपाई हुने गथ्र्यो ।
चर्को घामलागेसँगै उखरपात गर्मि र चर्को खडेरी पूर्वी पहाडका बासिन्दाले खेपीरहेका छन् । विभिन्न ठाँउका बासिन्दाका अनुसार मकै बोटमै सुक्न थालेका छन् । दोहोरे गोड्ने बेला पुगेका मकै बोटमै सुक्न थालेको सुख्खा क्षेत्रका बासिन्दाको भर्नाइ छ । पहाडी जिल्ला पाँचथर, तेह्थुम, धनकुटाका कछाडका गाँउहरुमा चर्को खरेडीलेबालीनाली सखाप पार्दै छ । बस्तीमा धुलो उड्न थालिरहेको देखिन्छ । मध्यपहाडी क्षेत्रमा लगाइएको अलैचीपनि खडेरीले सखाप पार्न थालेको छ । फलका लागेको अलैचीको फूलनै मर्न थालेको किसानहरुले बताएका छन् ।
बैशाखसम्म राम्रो पानी परेपछि हर्सित बनेका किसान जेठ–असारमा भईरहेको खडेरीको मारमा परेका छन् । ‘अलैचीका बोट मरेर रातै छन् । फूल मरे । यो पल्टत सत्येनाशनै भयो’ लुङरुपाका पर्वलाल दंगालले भने ‘किसानले धान रोप्न पाएका छैनौँ । अलैची सखाप भईसक्यो । मकै बोटमै सुक्न थाले ।’
दंगालले भनेझै अलैचीका बाटै खडेरी मर्न लागेका हुन । चैत–वैशाखमा परेको पानीका कारण अलैचीमा राम्रो फसल लाग्ने अपेक्षा राखेका किसानहरुको खडेरीले निराश बनेका छन् । पूर्वी पहाडी जिल्लाको प्रमुख नगदेवालीको रुपमा अलैची रहेको छ । अलैचीमा पनि खडेरीको असर परेको हो ।
अलैची, मकै, अदुवा, खुसार्नी गोलभेडा खेतीमा खडेरीको असर परेको छ । ‘आँखाले देखिन्जेल ठाँउमा खडेरीको मारमा छ । उम्रिएको ९० प्रतिशत मकैको बोट नष्ट भयो ।यहाँभन्दा ठुलो क्षती के हुनुर?’ धनकुटाको सहिदभुमि गाँउपालिकाका बोमप्रसाद राईले भने ‘विउँने नजोगिने अवस्था छ । पानीको चरम समस्या छ । पशुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ ।’ उनले भनेझै ुचर्को घामका कारण गर्मि उखरपात छ । यहाँका हरिया गाँउहरु गर्मिले खान थालेका छन् । सुख्खा क्षेत्रको रुपमा रहेका तमोर नदिले छोएका गाँउहरुमा हरियो देख्न मुस्कील बन्दै गएको छ । पाँचथरको तुम्बेवा, कुम्मायक, हिलिहाङ, मिक्लाजुङ गाँउपालिका र फिदिम नगरपालिका विभिन्न ठाँउमा खडेरीको समस्या छ । धनकुटाको चौविसे, सहिदभुमि गाँउपालिका, तेह्थुमको छथर, आठराई, फेदाप गाँउपालिका र म्याङलुङ नगरपालिकामा बढि समस्या हुनेगरेको छ । यि स्थानिय तहका विभिन्न गाँउहरुमा खानेपानीको अभाव छ । खडेरीले भएका मुहान, खोला, खोल्सा सुक्दै गएका छन् । धनकुटाको चौविसे गाँउपालिका ४ का वार्ड अध्यक्ष जीवन तामाङका अनुसार मकै लगायतका अन्न तथा अन्य नगदेवालीको विउँ जोगाउननै कठिन हुने अवस्था आएको छ । ‘यस्तो विरक्त लाग्दो अवस्था छ कि खडेरीले धुलो उडीरहेको छ । दोहोरे गोड्ने बेला भएको मैकको सिक्रामात्र बाँकि रहेको छ । लेकतीरपनि खडेरी बढ्दै गएको सुननिन्छ’ उनले भने ‘गतबर्षको भन्दा चर्को खडरी छ यो पल्ट । पानी खान पाउने स्थीति छैन । बसाई सर्नेक्रम बढ्दा गाँउनै रित्तिने हो कि भन्ने खतरा छ ।’
पशुलाई आहारा जुटाउन कठिन बन्दै गएको छ । ‘बासनै सुक्दै गएको छ । मकैत सत्यनाश भईसक्यो । अन्य खेतीमा पनि असर छ’ पाँचथरको तुम्बेवा गाँउपालिकाका डेकेन्द्र तामाङले भने ‘यस्तो खडेरी अहिलेसम्म नदेखेको बुढापाका समेत सुनाउछन् ।’ त्यसोत सुख्खा क्षेत्रका बासिन्दाहरु माझ कसरी घरपरिवार चलाउने भन्ने चिन्ता पनि देखिन्छ । ‘खडेरीले विउनै उम्रिएन । पानीनै पर्दैन के उत्पादन हुनु । भलबग्ने पानी नपरेको दुईतीन महिना भईसक्यो । बसाई सर्नुको विकल्प देखिदैन’ छथर– ४ की मनु लिम्बुले भनिन् ‘खडेरीले तनाव भयो । पानी नपरेर घाँसपनि उम्रिएको छैन । बस्तुभाउ मर्न लागे । अबत न अन्नबाली, न बस्तुभाँउ हुने अवस्था छ ।’
उत्पादनमा ठुलो क्षतीहुने अनुमान लगाईदै छ । बढ्दो खडेरीले उत्पादनमा असर पर्ने खतरा देखिएको ज्ञान केन्द्र पाँचथरका प्रमुख हर्षहाङ राई बताउँछन् । मकै, अलैची लगायकावाली चर्को असर पारेको उनको भनाई छ ।
हरेक बर्ष खडेरीले सताउन थालेपछि सुख्खा क्षेत्रकाबासिन्दाको बसाईसराई बढ्दै गएको देखिन्छ । कतिपयले यहाँका घर बारी बाझै छाडेर तराईतीर बसाई जान थालेका छन् । अव उभो नलागिने रहेछ भन्ने खालका चिन्ता यहाँका बासिन्दाहरुको सुनिन थालेको तुम्बेवा गाँउपालिकाका अध्यक्ष होमनाथ थापा बताउँछन् । ‘ट्याङरबाट खानेपानी बढिरहेका छौँ । दैनिकजसो तीनचार ठाँउमा पानी बाढिरहेका छौँ । जता हेरेपनि खडरीले धुप भएका गाँउहरु देखिन्छ’ तुम्बेवा गाँउपालिकाका अध्यक्ष होमनाथ थापाले भने ‘तीन बर्षयता लगातार खडेरी छ । यो पल्टत विगतमा खडेरीले नसताउने ठाँउहरुमा पनि मार पर्यो । पानीपनि पर्दैन । प्रकृतीले ठग्नसम्म ठग्यो ।’
सुख्खा क्षेत्रमा पछिल्ला एकदशक यता धमाधम पानीका मुहान सुक्दै छ । पैसाहुनेहरु सुविधा सम्पन्न ठाँउमा बसाई सर्नेक्रम बढ्दै गएको छ । नगएकाहरुको पनि तराई लगायतका जिल्लामा घर, जग्गा छन् । आर्थिक अवस्था कमजोरहुनेहरुको खडेरीको ठुलो असर खेपीरहेका छन् । घरमा थन्काउने अन्नको अभावमा दिनानुदिन आर्थिक अवस्था खस्कीरहेको देखिन्छ ।

हाम्रो टिम
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित
फिदिम टुडे अनलाइनका लागि
अध्यक्ष : सानुकाजी यथार्थ
प्रकाशक :- दिपक बाेहाेरा
प्रबन्धक :- सराेज शर्मा
प्रधान सम्पादक :- सुरमान तामाङ
सम्पादक :- गिरिराज बाँस्काेटा
हाम्रो बारेमा
बिग सोसियल कम्युनिकेशन प्रा. लि द्धारा सन्चालित फिदिम टुडे फिदिम पाँचथर नेपाल
सम्पर्क नंबर: +977 9852684015
इमेल ठेगाना : [email protected] [email protected]
सूचना विभाग दर्ता नं. :
सामाजिक सञ्जालमा हामी